कृषि बिमा कार्यक्रम : किसानले पाएनन् उचित क्षतिपूर्ति

म्याग्दी : सरकारले आफ्नो नीति तथा कार्यक्रममा राखेका जनउपयोगी व्यवस्था कार्यान्वयनमा लैजाँदा निकै झन्झटिला प्रक्रिया पूरा गर्नुपर्ने भएको हुँदा कैयौं नीति तथा कार्यक्रम कागजमा मात्रै सीमित हुने गरेका छन्। यस्तै बढी प्रचार गरिएको तर कार्यान्वयनमा आउँदा सफल हुन नसकेको एउटा कार्यक्रम हो कृषि तथा बाली बिमा कार्यक्रम। सरकारले किसानका लागि ल्याएको कृषि र बाली बिमा कार्यक्रम म्याग्दीमा पनि प्रभावकारी देखिएको छैन।यहाँको कतिपय कृषकलाई आफूले गरेको खेती र पालेका पशुको पनि बिमा