६१ प्रतिशतले बढ्यो कृषि बिमा

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा १७ प्रतिशतले बढेको कृषि बिमा गत आव २०७७/७८ मा ६१ प्रतिशतले बढेको छ । कोरोना महामारीको पहिलो लहरका कारण बिमा गतिविधि सुस्ताएकाले अघिल्लो आवमा कृषि बिमा विस्तारमा कमी आएको थियो । कोरोनाको दोस्रो लहरको जोखिमकै बीच गत आवमा भने बिमा गतिविधि रोकिएन । जसका कारण कृषि बिमा गर्नेको संख्या बढेको हो ।

सम्बन्धित सामग्री

पेन्सन प्रोडक्टलाई पनि समेट्ने गरी नीतिमा संशोधन गर्नुपर्छ

नेपालमा अहिले झन्डै दुई दर्जन बढी बिमा कम्पनी रहेका छन् । विगतमा भन्दा अहिले बिमा गराउनेको संख्या पनि बढ्दै गएको देखिन्छ । अझ कोरोनाकालमा त स्वास्थ्य बिमा गराउनेको संख्या ह्वात्तै बढ्यो । अहिले आएर पशु बिमा, कृषि बिमा, घर बिमाका अवधारणा पनि आएका छन् । नेपालमा भएका बिमा कम्पनीले अन्य क्षेत्रले भन्दा आफ्नो व्यवसायलाई कोरोना […]

बाली बिमालाई दिइएन प्राथमिकता

बिमा समितिको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/७७ मा भन्दा गत आवमा बिमांक ७३ प्रतिशतले र बिमा शुल्क ७१ प्रतिशतले बढ्यो । दाबी भुक्तानीसमेत २५.६८ प्रतिशतले बढेको छ । कृषि बिमाको यो वृद्धिदरको तथ्यांक भने चित्तबुझ्दो नभएको कृषिविज्ञ नै बताउँछन् । ‘कृषि बिमा गर्नेको संख्या त बढिरहेको छ,’ कृषि विभागका वरिष्ठ कृषि प्रसार अधिकृत शिवसुन्दर घिमिरेले भने, ‘तर कृषि बिमा सुरु भएको दशक पुग्दा अंकमा चित्त बुझाएर बस्ने चाहिँ होइन ।’