तमिलनाडुमा एक बाबुले तन्त्रमन्त्रका कारण आफ्नो पाँच बर्से छोरालाई जिउँदै जलाएर हत्या गरेका छन्।यो घटना तमिलनाडुको तिरुवरुर जिल्लाको नन्निलाम क्षेत्रको हो। २९ वर्षीय ओटोरिक्सा चालकले छोरालाई मारेका भारतीय सञ्चारमाध्यमले लेखेका छन्। स्थानीय प्रहरीका अनुसार बालकका बुवा तन्त्र विद्यामा निकै विश्वास मान्दथे। एक तान्त्रिकले ती बुवालाई आफ्ना छोरालाई आफूबाट टाढा राख्न सल्लाह दिएका थिए। ती तान्त्रिकले उनको छोराकै कारण गरिबी अवस्था आएको भनी दोषी ठहर्याएका थिए। छोराप्रति रिसाउन थालेका उनले त्यसपछ