लाइभस्ट्रिमका दौरान आफ्नो पूर्व पत्नीलाई जलाएर हत्या गर्ने एक पुरुषलाई चीनमा मृत्युदण्ड दिइएको सरकारी मिडियाले जानकारी दिएको छ । टाङ लुलाई दक्षिणपश्चिममा रहेको सिचुवान प्रान्तको अदालतले मृत्युदण्ड दिएको ग्लोबल टाइम्सले जनाएको छ । उनलाई मृत्युदण्ड दिनअघि परिवारका सदस्यहरूलाई भेट्न दिइएको समाचारमा उल्लेख छ ।टाङकी पूर्व पत्नी ल्हामो तिब्बतकी एक किसान र लाइभस्ट्रिमर थिइन् । यसअघि पनि टाङले ल्हामोमाथि घरेलु हिंसा गर्ने गरेका थिए । दुईबीच सन् २०२० को जुनमा सम्बन्ध विच्छेद भएको थियो ।त्यसयता टाङले ल्हा