नेकपा माओवादी केन्द्रले एकल रुपमा रोल्पाका १० स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ। सत्ता गठबन्धनभित्रै चुनावी तालमेलमा भागबण्डा नमिलेपछि माओवादीले एकल रुपमा उम्मेदवारी घोषणा गरेको हो। माओवादीले भोलि मात्रै उम्मेदवारी दर्ता गर्ने रोल्पा जिल्ला इन्चार्ज दीपेन्द्र पुनले बताए।रोल्पा नगरपालिकाको मेयरमा सुरेन्द्र थापा घर्ती र उपमेयरमा गीता आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यस्तै सुनिलस्मृति गाउँपालिकाको अध्यक्षमा मनिराम बुढाथोकी र उपाध्यक्षमा कुमारी थापा तथा लुङ्ग्री गाउँपालिकाको अध्यक्षम