संस्थागत विद्यालयमा संस्कृत पढाउने क्रम बढ्न थालेको छ । अङ्ग्रेजी माध्यममा पढाइ हुने विद्यालयमा विद्यार्थी नेपालीमा कमजोर हुन थालेपछि सुधारका लागि संस्कृत भाषाको पठनपाठन गराउने क्रम बढेको हो ।विगत पाँच वर्षदेखि विभिन्न विद्यालयमा संस्कृत विषयका अध्यापन गर्दै आउनुभएका शिक्षक योगराज सापकोटाले संस्थागत विद्यालयमा संस्कृत विषय पढाउने शिक्षकको खोजी भइरहेको बताए । संस्कृतिसँग जोडिएको विषय भएकाले पनि धेरै विद्यालयको आकर्षण संस्कृत विषयप्रति बढ्न थालेको हो । हाल उपत्यकाका करिब १०० वटा संस्थागत विद्यालयम