कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले महिलाहरूको सर्वाङ्गीण विकासका लागि प्रदेश सरकार फरक ढंगले अघि बढ्दै गएको बताएका छन् । कान्तिपुर सहप्रकाशन नारीले कोशी प्रदेशमै पहिलो पटक आयोजना गरेको ‘निर्भीक नारी’ कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री कार्कीले महिलाहरूलाई उद्यमी बनाउन प्रदेशले पहलकदमी सुरु गरेको बताए ।