काठमाण्डाै - राष्ट्रिय कविता महोत्सव अर्थात् कविहरुको राष्ट्रिय उत्सव । आफ्ना कविताहरुलाई मूल्याङ्कनको कसीमा जाँच गर्ने अवसर । सयौं कविहरु एउटै ठाउँमा उभिएर कविता वाचन गर्ने र अर्काका कविता श्रवण गर्ने थलो । त्यसो त एउटा कविताको अर्को कवितासँग कुनै प्रतिस्पर्धा हुँदैन । हरेक कविता आफैँमा उत्कृष्ट हुन्छन् ।
हरेक कविताको आ–आफ्नै भाव र रस हुन्छ । हरेक फूलमा आफ्नै रङ्ग र बास्ना भएजस्तै कविताको आफ्नै विशेषता र गुण हुन्छ । सबै फूल मनमोहक भए पनि कुनै फूल टाढैबाट मनलाई तान्न सक्ने गुण बोकेको भने जर...