राष्ट्रिय कविता महोत्सव सम्पन्न, सुनसरीकी टीका आत्रेय बनिन् प्रथम

नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो ६५ औँ वार्षिकोत्वको अवसरमा राष्ट्रिय कविता महोत्सवको २०७९ आयोजना गरेको छ । प्रज्ञा प्रतिष्ठानको स्थापना दिवस पारेर हरेक वर्ष असार ९ गते आयोजना हुने यस महोत्सवको उद्घाटन प्रधानमन्त्री तथा नेपाल प्रज्ञ प्रतिष्ठनका मुख्य संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवाले पानसमा बत्ति बालेर कविता महोत्सवको उद्घाटन गरे । कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ रूपान्तरणसँगै बहुजातीय, बहुभाषिक समुदायलाई सम्बोधन गर्नेगरी कृतिहरु, प्रचलित भाषा, साहित्य, संस्कृत