काठमाडौं । धरानमा ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव’ आयोजना गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले लाङ्घाली सभाहलमा आयोजना गरेको महोत्सवमा ४४ भाषाका ४४ वटा कविता वाचन गरिएको थियो । महोत्सवमा प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले भाषाको शक्ति सञ्चार गर्नु रहेको र मातृभाषा बिना एक सेकेन्ड पनि बाँच्न नसकिने बताए । ‘राज्यले भाषामाथि विभेद गरेको छ । स्थानीय […]