प्रज्ञाको कविता महोत्सवमा महिलाको वर्चश्व : 'सत्ताको भजन गाउने कार्यकर्तालाई पुरस्कार बाँडेर कविताकै अपमान गरे'

काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव-२०७८ मा पहिलोदेखि तेस्रोसम्म महिलाले वचर्श्व कायम गरेको छ। यसपटकको कविता प्रतियोगितामा भोजपुरकी कविता राईको ‘देशको नक्सा’ कविता प्रथम भयो। त्यसैगरी, धादिङकी अमृता स्मृतिको ‘डढेलोपछि पनि वसन्त आउँछ’ कविता दोस्रो भएको छ। बर्दियाकी निरञ्जनाकुमारी चन्दको ‘युगीन प्रतिध्वनि’, ताप्लेजुङकी सविता बरालको ‘आमा…