अफगानिस्तानबाट अमेरिका सेना हट्ने भएसँगै तालिबान सक्रिय, २४ घन्टामा २२६ जना मारिए

दशकौंदेखि गृहयुद्धको स्थितिमा रहेको अफगानिस्तानमा शान्तिको कुनै लक्षण देखिएको छैन ।  अमेरिकाले त्यहाँबाट आफ्नो सेना फिर्ता लैजाने घोषणा गरेसँगै आतंकवादी संगठन तालिबानले हिंस्रक गतिविधि चर्काएको छ ।  तालिबानले विगत २४ घन्टामा १४१ स्थानमा भीषण आक्रमण गरेको छ । तिनमा परी १५७ सुरक्षाकर्मी सहित २२६ जनाको मृत्यु भएको छ ।  सरकारले पनि प्रतिकारवाही गर्दै एक सयभन्दा बढी तालिबानी आतंकवादीलाई मारेको जनाएको छ ।  ताजा घटनामा सोमवार एउटा विद्यालय नजिक बम विस्फोट हुँदा २१ जना घाइते भएका छन् । घाइत...

सम्बन्धित सामग्री

आइएसविरुद्ध लड्न अमेरिकासँग कुनै सहयोग नलिने तालिवानको घोषणा

काठमाडौं : अफगानिस्तानको तालिबान सरकारले बढ्दै गएको आतंकवादी गतिविधिविरुद्ध लड्न अमेरिकी सहयोग नलिने भएको छ। कतारको राजधानी दोहामा आयोजित अमेरिका र तालिबान प्रतिनिधिबीचको दुई दिवसीय वार्तामा तालिबानले आतंकवादविरुद्धको लडाइँमा अमेरिकी सहयोग नलिने बताएको हो। गत अगस्टमा अमेरिकी सेना फर्किए लगत्तै सत्ता सम्हालेको तालिबानले मुलुकमा बढ्दै गएको आतंकवादी गतिविधिविरुद्ध आफूहरु नै सक्षम रहेको बताएको हो। अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता हुँदै गर्दा आईएससँग जोडिएको स्थानीय एक आतंकवादी संगठनले झ

अमेरिकाबाट लुटेको ट्रक शानले देखाउँदै हिँड्दा चिप्लेर लडे तालिबान लडाकू

अमेरिकी सेना अफगानिस्तानबाट हटेपछि तालिबानी लडाकूहरू काबुल विमानस्थलमा एउटा ट्रकमा शान देखाएर हिँड्दै गर्दा लडेका छन् ।  अमेरिकी सेनाको पोशाक लगाएका लडाकूहरू ट्रकमा घुमेका थिए ।  अमेरिका हिँडेपछि खुशी भएका लडाकूहरू पिकअपको पछाडि खचाखच भएर अटाएका थिए । केही लडाकू उभिएका थिए भने केही बसेका थिए ।  केही समयपछि बद्री ३१३ का दुई लडाकू र एक पत्रकार ट्रकको पछिल्लो भागबाट चिप्लिएर लडेका थिए । कालो मुश्लो धूवाँले उनीहरूलाई ढाकेको थियो अनि उनीहरू उत्तानो परेर पल्टेका थिए । यस्तो हास्यास्पद दृश्य...

अफगानिस्तानबाट मानिसहरुलाई निकाल्ने कोसिस ३१ अगस्टपछि समाप्त हुँदैनः अमेरिका

३१ अगस्टको समयसीमापश्चात् पनि अफगानिस्तानमा आफ्नो कूटनीतिक उपस्थिति स्थापित गर्नका लागि आफूहरुले विभिन्न विकल्पमाथि विचार गरिरहेको अमेरिकाले बताएको छ । अमेरिका र तालिबान दुबैले अमेरिकी सेना ३१ अगस्टपछि अफगानिस्तानबाट बाहिर निस्कने बताउँदै आएको छ । बुधबार एक पत्रकार सम्मेलनमा अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकेनले भने, ‘अबका केही दिनसम्म अफगानिस्तानमा काम गरिरहेका अमेरिकी नागरिक, अन्य अफगान सहयोगी र साझेदार देशका मानिसहरुलाई त्यहाँबाट बाहिर निकाल्ने र उनीहरुको सुरक्षामा ध्यान केन्

काबुलमा तालिबान छिर्न लागेसँगै अमेरिकाले दूतावास खाली गर्‍यो, विमानस्थलबाट सेवा

तालिबानले राजधानी काबुल नियन्त्रणमा लिने तयारी भइरहँदा अमेरिकाले त्यहाँ रहेका आफ्ना कर्मचारीहरु फिर्ता लैजान थालेको छ। काबुलस्थित अमेरिकी दूतावासमा रहेका कर्मचारीको उद्धारका लागि अमेरिकी हेलिकप्टर पुगेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार तालिबानले काबुलको बाहिरी भाग नियन्त्रणमा लिएर अगाडि बढिरहेका छन्। अमेरिका नेतृत्वको नेटो सेना अफगानिस्तानबाट फर्किएसँगै तालिबानले अफगानिस्तानका मुख्य शहरहरु नियन्त्रणमा लिइरहेको छ। अमेरिकी अधिकारीका […]

तालिबानले काबुल नियन्त्रण गर्न सक्ने अमेरिकी गुप्तचर निकायको अनुमान्

काठमाण्डाै – तालिबानले आउँदो ७२ घण्टाभित्रै अफगानिस्तानको राजधानी काबुललाई नियन्त्रणमा लिन सक्ने अनुमान अमेरिकी गुप्तचर निकायले गरेको सीएनएनले जनाएको छ ।तालिबान लडाकु राजधानी प्रवेश गर्ने अन्तिम तयारीमा रहेको बेला अमेरिका र बेलायतले सेना पठाएर अफगानिस्तानबाट आफ्ना कुटनीतिक कर्मचारी तथा रोकिएका आफ्ना नागरिक लैजान थालेका छन् । अमेरिकाले काबुलमा रहेको आफ्नो दूतावासका संवेदनशील सामग्रीहरु नष्ट गरेको बीबीसीले जनाएको छ । ती सामग्री तालिबानको हातमा पुगेमा प्राेपागान्डाको रुपमा प्रयोग गर्न सक्ने जोखिम हुने भएकाले ...

तोकिएको सीमामै सेना फिर्ता गर्न अमेरिकालाई तालिवान विद्रोहीको चेतावनी

काठमाडौं : अफगानिस्तानको तालिबान विद्रोही संगठनले अमेरिकी सेनालाई तोकिएको समयसीमामा फिर्ता हुन अल्टिमेटम दिएको छ।आगामी सेप्टेम्बरमा फिर्ता हुने बताएको अमेरिकी सेनाले काबुल अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाका लागि भन्दै एक हजार फौज अफगानिस्तानमै रहने बताएपछि तालिबानको यस्तो चेतावनी आएको हो । उसले तोकिएको समयमा फिर्ता नभए अमेरिकी सेना अफगानिस्तान ‘कब्जा गर्ने मनस्थितिमा रहेको’ बुझिने बताएको छ।अमेरिका नेतृत्वको नेटो सैनिक अफगानिस्तानबाट २० वर्षको अभियान अन्त्य गर्ने तयारीमा छ । अमे

अफगानिस्तानमा तालिबानको उदयले अमेरिका भन्दा धेरै क्षेत्रीय मुलुकहरूमाथि खतरा

अफगानिस्तानमा तालिबान शक्तिमा आए छिमेकी मुलुकहरू र रुसमाथि खतरा निम्तिने विश्लेषण गरिएको छ। अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता गरेपछि विद्रोही लडाकु समूह तालिबान सरकारमा आउन सक्ने र यसको प्रभाव छिमेकी मुलुकहरू र रुसलाई पर्ने विश्लेषण भएका छन्। यस्तो अवस्थामा रुस तथा अफगानिस्तान छिमेकी मुलुकहरूले तालिबान सरकारको प्रतिरोध गर्न नसके ठुलो समस्या सामना गर्नुपर्ने विश्लेषण गरिएको छ।