काबुलमा तालिबान छिर्न लागेसँगै अमेरिकाले दूतावास खाली गर्‍यो, विमानस्थलबाट सेवा

तालिबानले राजधानी काबुल नियन्त्रणमा लिने तयारी भइरहँदा अमेरिकाले त्यहाँ रहेका आफ्ना कर्मचारीहरु फिर्ता लैजान थालेको छ। काबुलस्थित अमेरिकी दूतावासमा रहेका कर्मचारीको उद्धारका लागि अमेरिकी हेलिकप्टर पुगेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार तालिबानले काबुलको बाहिरी भाग नियन्त्रणमा लिएर अगाडि बढिरहेका छन्। अमेरिका नेतृत्वको नेटो सेना अफगानिस्तानबाट फर्किएसँगै तालिबानले अफगानिस्तानका मुख्य शहरहरु नियन्त्रणमा लिइरहेको छ। अमेरिकी अधिकारीका […]

सम्बन्धित सामग्री

अमेरिकी सैनिकको पहिलो टोली अफगानिस्तानमा : कूटनीतिक कर्मचारीको उद्धार गर्ने

काठमाण्डाै - तालिबान विद्रोहीको आक्रमण बढेपछि अमेरिकी सैनिकको पहिलो टोली अफगानिस्तान आइपुगेको छ । कूटनीतिक कर्मचारी तथा अरुलाई अफगानिस्तानबाट लैजान अमेरिकी सैनिकको टोली आइपुगेको बीबीसीले जनाएको छ । अमेरिकाले कूटनीतिक तथा अरु व्यक्तिको उद्धार गर्न तीन हजार सैनिक पठाएको हो । बेलायतले पनि बेलायती नागरिक तथा आफ्ना लागि काम गर्ने पूर्व अफगान कर्मचारीहरुको उद्धारका लागि ६ सय सैनिक पठाउने तयारी गरेको छ । डेनमार्क र नर्वेले अफगानिस्तानमा रहेका आफ्ना दूतावास बन्द गर्ने तयारी गरेका छन् ।  संयुक्त राष्ट्रसङ्घका महा...