३१ अगस्टको समयसीमापश्चात् पनि अफगानिस्तानमा आफ्नो कूटनीतिक उपस्थिति स्थापित गर्नका लागि आफूहरुले विभिन्न विकल्पमाथि विचार गरिरहेको अमेरिकाले बताएको छ । अमेरिका र तालिबान दुबैले अमेरिकी सेना ३१ अगस्टपछि अफगानिस्तानबाट बाहिर निस्कने बताउँदै आएको छ । बुधबार एक पत्रकार सम्मेलनमा अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकेनले भने, ‘अबका केही दिनसम्म अफगानिस्तानमा काम गरिरहेका अमेरिकी नागरिक, अन्य अफगान सहयोगी र साझेदार देशका मानिसहरुलाई त्यहाँबाट बाहिर निकाल्ने र उनीहरुको सुरक्षामा ध्यान केन्