विश्वासको मत र अविश्वासको प्रस्ताव सम्बन्धी के छ संविधानको व्यवस्था ?

काठमाडौँ । प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि अब राजनीतिक कोर्स कसरी अघि बढ्छ भन्ने चौतर्फी चासो छ । २४ फागुन भित्र संसद बैठक बोलाइसक्न सर्वोच्चले आदेश दिएको छ । यो अवस्थामा संसद बैठक बस्दै गर्दा ‘प्रधानमन्त्री केपी ओलीले राजीनामा दिइसक्लान कि संसद फेस गर्लान् ?’ भन्ने पनि चासो कै विषय हो । ‘प्रधानमन्त्री आफैँले विघटन गराएको संसद्मा कुन नैतिकताबाट जालान्’ भन्ने पनि चर्चा छ ।

सम्बन्धित सामग्री

‘विश्वासको मत’ इतिहास

काठमाडौं । नेपालमा जननिर्वाचित प्रतिनिधिसभाको इतिहासमा प्रधानमन्त्रीहरूले १५ पटक ‘विश्वासको मत’ र ‘अविश्वासको प्रस्ताव’ सामना गरेका छन् । जसमध्ये ११ पटक प्रधानमन्त्रीलाई सफलता मिलेको छ भने चारपटक असफलता । ‘विश्वासको मत’ लिने क्रममा कहिलेकाहीं असंसदीय राजनीतिक घटनाक्रम पनि भएका छन् । नेपालको संसदीय इतिहासमा पहिलो आमनिर्वाचन २०१५ सालमा भएको थियो । जसमा नेपाली कांग्रेसले दुई […]

‘विश्वासको मत’ इतिहास

नेपालमा जननिर्वाचित प्रतिनिधिसभाको इतिहासमा प्रधानमन्त्रीहरूले १५ पटक ‘विश्वासको मत’ र ‘अविश्वासको प्रस्ताव’ सामना गरेका छन्।...

विपक्षीले शाक्यलाई विश्वासको मत लिन समय दिने

हेटौंडा : अल्पमतमा परेकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यविरूद्ध  विपक्षी गठबन्धनले तत्काल अविश्वासको प्रस्ताव नल्याउने भएको छ।शाक्यविरूद्ध नयाँ सरकार गठन गर्न लागिपरेका विपक्षी गठबन्धनले उनलाई विश्वासको मत लिन केही समय दिने सहमती गरेका हुन्। विपक्षी गठबन्धनले उनीविरूद्ध अविश्वासको प्रस्ताव ल्याउनु अघि शाक्यलाई आफ्नै नैतिकतामा विश्वासको मत लिन दिने निर्णय गरेको छ।प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत

देउवाले विश्वासको मत पाए २ वर्ष ढुक्क, संसदले पूरा गर्नेछ कार्यकाल

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रतिनिधिसभामा विश्वासको मत पाए संसदले कार्यकाल पूरा गर्नेछ। किनकी अबको दुई वर्षसम्म उनीमाथि अविश्वासको प्रस्ताव पेस गर्न पाइने छैन। संविधानको धारा१००को उपधारा४अनुसार प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको एकचौथाइ सदस्यले प्रधानमन्त्रीमाथि सदनको विश्वास छैन भनी लिखित रूपमा अविश्वासको प्रस्ताव पेस गर्न सक्नेछन्। यसैको प्रतिबन्धात्मक वाक्यांशअनुसार प्रधानमन्त्री नियुक्त भएको दुईवर्षसम्म अविश्वासको प्रस्ताव पेस गर्न पाइनेछैन।

अविश्वासको प्रस्ताव पनि आएन किचकिच पनि गएन : प्रम ओली

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनस्र्थापना भएको अढाइ महिनासम्म प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव ल्याएर आफूलाई हटाउन पनि नसकेको र किचकिच पनि नगएको टिप्पणी गरेका छन्।सरकारलाई निर्बाध काम गर्न पनि नदिने र संसदलाई पनि सफल हुन नदिने खेल भएको उनको भनाई थियो। वैकल्पिक सरकार पनि दिन नसक्ने र काम गर्न पनि नदिएपछि आफूले विश्वासको मत माग्दा राष्ट्रिय राजनीतिमा फोहोरी चक्रब्युह रचिएको बताए।

ओलीलाई विश्वासको मत : महन्थतिर नजर, माधव नेपालको डर !

काठमाडौं : प्रतिपक्षी मोर्चाबाट अविश्वासको प्रस्ताव आउन अलमल भइरहेको बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने भएका छन्। प्रधानमन्त्री ओलीले विश्वासको मत लिएर अगाडि बढ्न खोजेपछि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको (बाबुराम–उपेन्द्र) समूहले ओलीलाई विश्वासको मत दिनबाट रोक्न प्रयासरत छन्। तर, प्रधानमन्त्री ओली आफू संसद्मा विश्वासको मत पाउने विश्वासका साथ अगाडि बढ्न खोजेको देखिएको छ। प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि राष्ट्रपति विद्यादे

ओलीको नयाँ रणनीति : विश्वासको मत नपाए मंसिरभित्रै चुनाव !

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः संसदमा विश्वासको मत लिने भएका छन् । काँग्रेसले अविश्वासको प्रस्ताव दर्ता नगरेको र माओवादीले पनि सरकारबाट समर्थन फिर्ता नलिएकै अवस्थामा प्रधानमन्त्री ओलीले बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका हुन् ।माओवादीले समर्थन फिर्ता नलिँदै प्रधानमन्त्री ओलीले किन विश्वासको मत लिन लागे त ? यो प्रश्न राजनीतिक वृत्तमा छाएको छ ।लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनासाथ प्रधानमन्त्री ओली आइतबार राष्ट्रपतिलाई भेट्न शीतलनिवासतर्फ लागेका थिए

विश्वासको मत नलिने, अविश्वासको प्रस्ताव आए सामना गर्ने

२२ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफैंले संसदमा विश्वासको मत नलिने भएका छन् । विधि र पद्धतिअनुसार अविश्वासको प्रस्ताव आए सामना गर्ने उनले बताए । प्रधानमन्त्री ओलीको सिफारिसमा भएको संसद विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि पुनस्र्थापित प्रतिनिधिसभाको बैठक भोलि २३ गते बोलाइएको छ । त्यसको अघिल्लो दिन ओली समूहले प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय […]