काठमाडौं : प्रतिपक्षी मोर्चाबाट अविश्वासको प्रस्ताव आउन अलमल भइरहेको बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने भएका छन्। प्रधानमन्त्री ओलीले विश्वासको मत लिएर अगाडि बढ्न खोजेपछि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको (बाबुराम–उपेन्द्र) समूहले ओलीलाई विश्वासको मत दिनबाट रोक्न प्रयासरत छन्। तर, प्रधानमन्त्री ओली आफू संसद्मा विश्वासको मत पाउने विश्वासका साथ अगाडि बढ्न खोजेको देखिएको छ। प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि राष्ट्रपति विद्यादे