हेटौंडा : अल्पमतमा परेकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यविरूद्ध विपक्षी गठबन्धनले तत्काल अविश्वासको प्रस्ताव नल्याउने भएको छ।शाक्यविरूद्ध नयाँ सरकार गठन गर्न लागिपरेका विपक्षी गठबन्धनले उनलाई विश्वासको मत लिन केही समय दिने सहमती गरेका हुन्। विपक्षी गठबन्धनले उनीविरूद्ध अविश्वासको प्रस्ताव ल्याउनु अघि शाक्यलाई आफ्नै नैतिकतामा विश्वासको मत लिन दिने निर्णय गरेको छ।प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत