असार ८, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार जानकी फाइनान्स र हाइड्रोइलेक्ट्रिसीटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी(एचआईडीसीएल) को शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यो समाचार तयार पार्दाको समय २ : ३२ बजेसम्ममा ती दुबै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । उक्त अवधिसम्ममा जानकी फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. ४४० र एचआईडीसीएलको शेयरमूल्य रू. ४५१ पुगेको छ ।
ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्यमा वृद्धि भएको हो ।