असोज १३, काठमाडौं । जानकी फाइनान्स र अपि पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
बुधवार बजार खुलेको सवा तीन घण्टाको अवधिमा ती दुबै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
जानकी फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. ५८३ र अपि पावर कम्पनीको शेयरमूल्य रू. ४५९ दशमलव ८० मा कारोबार भइरहेको छ । ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।