१२ चैत, काठमाडौं । फागुन महिनामा विभिन्न २२ कम्पनीको बोनस र हकप्रद सेयर दोस्रो बजार नेप्सेमा सूचीकृत भएको छ । नेप्सेको तथ्यांकअनुसार फागुनमा २० कम्पनीको बोनस सेयर र दुई कम्पनी माथिल्लो तामाकोशी तथा घलेम्दी हाइड्रोपावरको हकप्रद सेयर सूचीकृत भएको हो । ती कम्पनीका कुल १७ करोड १७ लाख ३५ हजार ७५१ कित्ता सेयर सूचीकृत भएको […]
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । सोमबार कम्पनीको ११ लाख ३८ हजार ९४५.५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ९.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस सेयर, नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत बोनस सेयर, सेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।
१७ असार, काठमाडौं । जीवन विकास लघुवित्तले लगानीकर्तालाई दिएको ७० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । अब आफ्नो खातामा आएपछि सेयर लगानीकर्ताले बिक्री गर्न सक्ने छन् । कम्पनीको ४२ लाख ५८ हजार ८०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको वार्षिक साधारणसभाबाट स्वीकृत भएसँगै बोनस सेयर सूचीकृत भएको हो ।
अरुण भ्याली हाइड्रोपावरको १५ लाख ७२ हजार ३५९ कित्ता सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस वितरणपश्चात कारोबारका लागि बुधबार नेप्सेमा सूचीकृत गरेको हो ।
३१ असार, काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस नेप्सेमा सूचीकृत भएको छ । चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १० लाख ५६ हजार २७४ दशमलव ८४४ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीको २५ औं वाषिर्क साधारण सभाले उक्त बोनस पारित गरेको थियो । इन्स्योरेन्सले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि […]
काठमाडौं। महालक्ष्मी विकासको बैंकले बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। नेप्सेकाअनुसार सोमबार बैंकको २७ लाख ३ हजार ४१३ कित्ता बोनस सेयर सूचिकृत भएको हो। गत आर्थिक वर्षको नाफाबाट सेयर धनीलाई ८.८० प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो। उक्त बोनस सेयर सेयर धनीको खातामा आएपछि उनीहरूले दोस्रो बजारमा कारोबार गर्न सक्नेछन्।
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको आर्थिक वर्ष २०७६/७७ को बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।बैंकको २३ औं वार्षिक साधारण सभाद्वारा पारित गत आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट वितरण गरिएको १९ प्रतिशत बोनस सेयर (१ करोड ८४ लाख ६३ हजार ५ सय ३८ कित्ता) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा माग २ गते सूचीकृत ...