मेघालयका पूर्व राज्यपाल तथागत रोयले पश्चिम बंगालमा भारतीय जनता पार्टीका शीर्ष नेताहरूमाथि कठोर शाब्दिक आक्रमण गरेका छन् ।
तिनै नेताहरूले गर्दा विधानसभा निर्वाचनमा भाजपा हारेको उनको आरोप छ ।
शीर्ष नेताहरूले तृणमूल कांग्रेसबाट आएका कूडाकर्कटहरूलाई चुनावको टिकट दिएको रोयको भनाइ छ । अब बंगालमा भाजपाका पुराना कार्यकर्ताहरू पार्टी छोडेर जान सक्ने उनले आशंका व्यक्त गरे ।
‘ती कूडाकर्कटहरूले विचारधाराबाट निर्देशित भाजपा कार्यकर्ता र स्वयंसेवकहरूमाथि कठोर अपमान गरेका थिए । सन् १९८० को दशकदेखि भ...