प्रचण्ड र  भाजपा अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता

भारतको ३ दिने भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र  भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ ।आइतबार भाजपा मुख्यालयमा अध्यक्ष प्रचण्ड र नड्डाबीच भेटवार्ता भएको हो । भेटवार्तामा के के कुराकानी भयो भन्ने विषय बाहिर आएको छैन ।अध्यक्ष प्रचण्डलाई भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले र विदेशमन्त्री एस जयशंकरले प्रचण्डको स्वागत गरेका थिए। प्रचण्ड शुक्रबार ३ दिने भारत भ्रमणमा गएका हुन् ।