बिहारमा नितिशकुमारले गठबन्धन तोडेर जनतालाई धोका दिएको भाजपाले आरोप लगाएको छ । नितिशकुमारले अचानक गठबन्धन तोडेपछि स्तब्ध भएको भाजपा बिहार इकाइले उनलाई राज्यका जनतालाई धोका दिएको आरोप लगाएको छ । पटनामा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बिहार भाजपा प्रमुख सञ्जय जैसवालले बिहारका जनताले नितिशकुमारलाई कहिल्यै क्षमा नदिने बताए । ‘हामीले सन् २०२० को चुनाव एनडीएअन्तर्गत मिलेर लडेका थियौं । जनादेश जेडीयू र भाजपाका लागि थियो । हामीले धेरै सीट जित्यौं । यद्यपि, नितिश कुमारलाई मुख्यमन्त्री बनाइए