प्रथम जनआन्दोलन २०४६ पछि हालसम्म भएका आम निर्वाचनमा राज्य कोषबाट ६३ अर्ब २० करोड रुपैयाँ बराबर बजेट खर्च हुने देखिएको छ । जनआन्दोलनपछिको पहिलो निर्वाचन २०४८ मा जम्मा ८० करोड रुपैयाँ बराबर बजेटमात्रै खर्च भएको थियो । तर, २०६२÷६३ को दोस्रो आन्दोलनपछि भएको पहिलो संविधानसभा र त्यसपछिका निर्वाचनमा खर्च ह्वात्तै बढेको तथ्यांकले देखाएको छ । अर्थ मन्त्रालयका अनुसार आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मात्र सरकारले कुल २० अर्ब ४ करोड ८३ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।