माधव नेपालले भने : जम्मै आफूले लिने, उब्रेको हामीलाई दिने !

१५ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनमा धेरै सिट आफूले लिएर अरु दललाई उब्रेको मात्र दिने प्रवृत्ति देखिएको टिप्पणी गरेका छन् । पार्टीको युवा संगठन युवा संघ नेपालले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा उनले भने, ‘जम्मै आफूले लिने उब्रेको हामीलाई दिने, यस्तो हुन्छ भने हामीलई स्वीकार्य हुँदैन ।’ दुबै पक्षलाई फाइदा […]

सम्बन्धित सामग्री

जनतालाई के भन्नुपर्ने रहेछ भनेर माधव नेपालले बल्ल थाहा पाए

काठमाडौं, २४ मंसिर । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अब कसैले पनि जनतालाई पूरा गर्न नसकिने वाचा र आश्वासन दिन नहुने बताएका छन् । उनले जनतालाई पुरै हुन नसक्ने आश्वासनहरु दिँदा अप्ठ्यारो भएको टिप्पणी गरेका हुन् । आज (शनिबार) भक्तपुरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरुलाई बधाई दिने कार्यक्रममा बोल्दै […]

माधव नेपालले छाने मेयर उपमेयरका उम्मेदवार

काठमाडौं, १० वैशाख । नेकपा एकीकृत समाजवादी पार्टीले पोखरामा धनराज आचार्यलाई पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बसेको नेकपा एसको पदाधिकारी बैठकले आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । गठबन्धनले पोखरामा नेकपा एसलाई मेयरको साझा उम्मेदवार दिने निर्णय गरेको थियो । आफ्नो भागमा परेको पोखरामा एसले व्यवसायी आचार्यलाई उम्मेदवार बनाउने निर्णय […]

माधव नेपालले भने- ओलीले एमालेको नाम फेरौँ भनेका थिए, मैले रोकेँ

नयाँ पार्टी दर्ताको लागि विधान तयार गर्न नेताहरूलाई लिएर चन्द्रागिरि हिल्स रिसोर्टमा पुगेका माधव नेपालले केपी ओलीले एमालेको नाम फेर्न प्रस्ताव गरेको तर आफूले रोकेको बताएका छन् ।  चन्द्रागिरिमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।  सञ्चारकर्मीहरूले सोधेको कम्युनिष्ट पार्टी छाडेर समाजवादी केन्द्र बनाउने र त्यसको अध्यक्ष तपाईं हुने हो ? भन्ने प्रश्नको जवाफ दिने क्रममा नेपालले ओलीले एमालेको आचरण कम्युनिष्टको जस्तो नभएकाले नाम फेर्ने प्रस्ताव गरेको बताएका हुन् ।  ‘केपी ओलीले कम्युनिष्ट पार्टी...

गालीगलौज बन्द गरी एकतामा जोड दिने माधव नेपाल पक्षको निर्णय

नेकपा एमालेको माधव नेपाल पक्षले आपसी भनाभन बन्द गरेर पार्टी एकतामा जोड दिने निर्णय गरेको छ । नेपाल पक्षको सोमबार बसेको स्थायी कमिटी बैठकले पार्टी एकतामा जोड दिने निर्णय गरेको हो । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालले अध्यक्षका रुपमा काम गर्नेगरी आगामी महाधिवेशनसम्म जाने प्रस्तावलाई एकताको आधार बनाउन सकिने बैठकमा छलफल भएको एक नेताले जानकारी दिए । एमालेभित्रको विवाद समाधानका लागि माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्ताव ओली समूहका नेताहरुले अगाडि सारेका छन् । यो प्रस्ताव

एमालेले देउवालाई मत दिने सांसदलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं। नेकपा एमाले केन्द्रीय कमिटी बैठकले देउवाको पक्षमा विश्वासको मत दिने माधवकुमार नेपालसहित २२ जना सांसदलाई अनुशासन उल्लंघनको विषयमा २४ घण्टे स्पष्टीकरण साधेको छ । बैठकले विघटित कार्यदलले पेस गरेको पार्टी एकताको १० बुँदे सहमति अनुमोदन गरेको छ । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफूले १० बुँदे स्वीकार गरेर कार्यान्वयनमा लगे पनि माधव नेपालले नमानेको बताए ।

'माधव नेपालले एकता चाहेनन्, विश्वासको मत दिने एमालेमा रहँदैनन्'

काठमाडौं : नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्ना सांसदहरू एमालेमा नरहने निर्णय गरेको छ। आजै बसको स्थायी कमिटीको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने, 'प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने बारेमा छलफल भयो। हामी प्रतिपक्षमा रहन्छौं, सरकारलाई समर्थन गर्दैनौँ, विश्वासको मतको विपक्षमा मतदान गछौँ।'माधव नेपाललाई भेट गरेर एकताको पक्षमा उभिन आग्रह गर्दा नमानेको उनले बताए।  उनले भने, 'उहाँसँग भेट गरेका थियौँ। पार्टी एकताको रक्षाको ल

माधव नेपालले रावल र पाण्डेलाई भनेः म ब्याक हुन्नँ, तपाईँहरु जे गर्नुहोस्

काठमाडां, १ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पक्षबाट ब्याक नहुने स्पष्ट पारेका छन् । उनले आफू अगाडि बढिसकेकाले कुनै हालतमा ब्याक नहुने भन्दै पक्षका नेताहरुलाई पनि खुट्टा नकमाउन भनेका छन् । विश्वस्त स्रोतका अनुसार नेता नेपालले एमाले उपाध्यक्ष भीम रावल, सचिव गोकर्ण बिष्ट, योगेश भट्टराईका […]

माधव नेपालले बादललाई सघाउने वचन नदिएको स्पष्टोक्ति

काठमाडौं, ४ वैशाख । नेकपा एमालेका नेता माधवकुमार नेपालको सचिवालयले राष्ट्रिय सभाको उपनिर्वाचनमा बादललाई सघाउने वचन नदिउको प्रष्ट पारेको छ । नेपालका स्वीकीय सचिव मोहन गौतमले आज साँझ वक्तव्य जारी गर्दै सघाउने वचन नदिएको बताएका हुन् । तर, मतदातालाई स्वविवेक प्रयोग गर्न दिने कुरामा सहमति भएको स्वीकारेका छन् । बादलले आज नेता नेपाललाई कोटेश्वरस्थित निवासमा […]