माधव नेपालले रावल र पाण्डेलाई भनेः म ब्याक हुन्नँ, तपाईँहरु जे गर्नुहोस्

काठमाडां, १ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पक्षबाट ब्याक नहुने स्पष्ट पारेका छन् । उनले आफू अगाडि बढिसकेकाले कुनै हालतमा ब्याक नहुने भन्दै पक्षका नेताहरुलाई पनि खुट्टा नकमाउन भनेका छन् । विश्वस्त स्रोतका अनुसार नेता नेपालले एमाले उपाध्यक्ष भीम रावल, सचिव गोकर्ण बिष्ट, योगेश भट्टराईका […]

सम्बन्धित सामग्री

माधव नेपाल र भीम रावल कारबाहीको भागिदारः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका नेताद्वय माधवकुमार नेपाल र भीम रावलले बुझाएको स्पष्टिकरण नकारात्मक भएकाले कारबाहीको भागिदार रहेको बताउनुभएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा(एमाले)को संसदीय दलको बैठकमा ओलीले अरु दुई जना (घनश्याम भुसाल) र सुरेन्द्र पाण्डेको स्पष्टिकरण सकारात्मक आउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । एमालेले गुटबन्दीमा संलग्न भएको आरोपमा वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टकरण सोधेको थियो । नेपाल र रावलले स्पष्टिकरण दिएपनि भुसाल र पाण्डेको आउन बाँकी रहेको एमालेले जनाएको छ । प्रधानमन्त्री ओलीलाई उदृत गर्दै संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भन्नुभयो, ‘दुई जनाको स्पष्टिकरण आएको छ । त्यो स्पष्टिकरण अत्यन्त नकारात्मक छ । त्यो कारबाहीको भागिदार छ । प्रधानमन्त्रीले भनेको शब्द त्यही नै हो । अरु बाँकी दुई जनाको त्यो कोणबाट नभइकन अत्यन्तै सकारात्मक कोणबाट र त्यो स्पष्टिकरणबाट चाहीँ पार्टीलाई एकढिक्का राख्न मद्दत पुगोस् । त्यस्ता आसयका साथ स्पष्टिकरण आउने अपेक्षा गर्दछु भनेर पनि प्रधानमन्त्रीले भन्नुभएकोछ त्यसकारण दुईवटा आएका स्पष्टिकरणहरु चाहीँ कारबाहीका भागिदार हुन्छन् भनेर उहाँले भन्नुभएको छ । कारबाही कुन प्रकृतिको हुन्छ भन्नेकुरा चाहिँ केन्द्रीय कमिटीको आधिकारीक बैठकले निर्णय गर्छ ।’ बैठकमा प्रधानमन्त्री ओलीले नेकपा(एमाले)ले फागुन २८ गतेपछि गरेका निर्णयहरु फिर्ता नहुने बताउनुभयो । चैत्र ५ गते र चैत्र ७ गतेको संसदीय दलको बैठकले गरेको निर्णयबाट पनि ब्याक हुन नसकिने उहाँको भनाई छ । उहाँले पार्टीको विधान केन्द्रीय कमिटीले अनुमोदन गरिसकेको भन्दै त्यसलाई परिवर्तन गर्न नसकिने स्पष्ट पारेको पनि प्रमुख सचेतक भट्टराईले बताउनुभयो । प्रधानमन्त्री ओलीले नेकपा(एमाले)मा कुनै गुट र समूह नरहेकोले समूहगत रुपमा कसैसँग डिलिङ नगर्ने बताउनुभएको पनि प्रमुख सचेतक भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो ‘२८ गते भएका निर्णयहरु र त्यसपछि भएका संसदीय दलका बैठकहरु चैत्र ५ गते र चैत्र ७ गते भएको संसदीय दलको बैठकले गरेका निर्णयहरुबाट ब्याक हुन सकिदैनँ । बैठकमा केही साथीहरु अनुपस्थित हुनुभयो तर पार्टी विधिसम्मत् तरिकाले निर्णय ...