चन्द्रागिरिबाट माधव नेपालले भने- पार्टी गठन गर्नै नदिई घर न घाटको बनाउने षड्यन्त्र भइरहेको छ

नयाँ पार्टी दर्ता गर्ने क्रममा रहेका माधव नेपालले आफूलाई पार्टी दर्ता नै गर्न नदिएर घरको न घाटको बनाउने षड्यन्त्र भइरहेको बताएका छन् ।  प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका समर्थक नेता र सांसदहरूलाई लिएर पार्टी विधान तथा नियमावली टुंगो लगाउन चन्द्रागिरि पुगेका माधव नेपालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी दर्ता गर्न नदिन षड्यन्त्र भइरहेको बताए ।  ‘पार्टी गठन गर्नै नदिई घर न घाटको बनाउने षड्यन्त्र भइरहेको छ । न यता जान दिने न उता जान दिने अवस्था ल्याउने गरी षड्यन्त्र भइरहेको छ,’ उनले भने ।&nb...

सम्बन्धित सामग्री

घर आएका ओली र प्रचण्डसँग माधव नेपालले गरे वाम एकताको माग

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम एकताको माग गरेका छन् । भेटवार्ताका लागि आफ्नो निवास आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष ओलीसँगको कुराकानीमा उनले वाम एकता भएमात्रै आफ्नो पार्टी सरकारमा जाने अडान लिएका हुन् । कुराकानीका क्रममा उनले वाम एकताको माग गरेको अध्यक्ष नेपालको सचिवालयले पुष्टि गरेको छ । एकीकृत […]

रौतहट पुगेर ओलीले भने–एमालेमा आगो लगाएर माधव नेपाल गठबन्धनलाई घर भन्दै हिँडे

एमाले अध्यक्ष केपी ओलीले आफूले बनाएको विशाल घरमा आगो लगाएर माधव नेपालले गठबन्धनलाई घर भन्दै हिँडेको बताएका छन् । एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनको बिहीबार उद्घाटन गर्दै अध्यक्ष ओलीले गठबन्धनले निकालेपछि...

एकीकृत समाजवादी त्यागेर चापागाईं फर्किए एमाले

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देहीका नेता डा. बालकृष्ण चापागाईं नेकपा एमालेमा फर्किएका छन् ।  एमाले विभाजन हुँदा नेता माधव नेपालले गठन गरेको समाजवादीमा लागेका चापागाईं अर्थ तथा योजना विभागका उपप्रमुख रहेका थिए । आइतबार चापागाईलाई अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर स्वागत गरेका छन् । राससका पूर्व कार्यकारी अध्यक्ष समेत रहेका चापागाईंले आफू पुरानै घर एमालेमा फर्किएर राजनीति गर्ने बताए ।

माधव नेपालका विश्वासपात्रहरुले उनकै विरुद्ध किन यतिसम्म गरे

काठमाडौं, १० असार । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका विश्वासपात्रका रुपमा चिनिन्छन् सांसद कृष्णलाल महर्जन । ललितपुर क्षेत्र नं २ का प्रत्यक्ष निर्वाचित सांसद महर्जन दुई पटक चुनाव जितिसकेका छन् । माधव नेपालले कुनै गोप्य बैठक गर्नुपर्यो भने पनि कृष्णलालको बालकुमारीस्थित घर समेत प्रयोग गर्थे । यो तहसम्मको विश्वास माधव नेपाललाई कृष्णलाल महर्जन […]

माधव नेपाल घर पोलेर खरानी घसी तीर्थयात्रामा निस्किए–ओली

काठमाडौंमा पार्टीले आयोजना गरेको कार्यक्रममा नेपालप्रति आक्रामक देखिनुभएका ओलीले भन्नुभयो, ‘माधव नेपालले घरमा आगो लगाए, निधारमा खरानी घसे अनि तीर्थयात्रामा निस्किएका छन् ।’

दाङमा शंकर पोखरेलको वडाका तीन जनप्रतिधिसहित २१ जनाले रोजे एकीकृत समाजवादी

नेकपा एमालेका नेता शंकर पोखरेलको वडाका तीन जना जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन् । पोखरेलको घर रहेको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ का तीन जना वडा सदस्यले माधव नेपालले नेतृत्व...

माधव नेपालले भने- हामीलाई घर न घाटको बनाउने षड्यन्त्र भइरहेको छ

प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले एकताका नाममा आफूहरुलाई घर न घाटको बनाउन खोजिएको बताएका छन्।

माधव नेपालले एमाले र सरकारमा डढेलो लगाए : राधा ज्ञवाली

काठमाडौँ। नेकपा एमालेका नेता राधा ज्ञवालीले अहिलेको अस्थिरता माधव नेपालका कारण निम्तिएको आरोप लगाएकी छिन्। आज देखापढीसँग कुरा गर्दै नेता ज्ञवालीले भनिन्, “प्रचण्डलाई दोष दिएर के हुन्छ? हाम्रो घर (एमाले) र सरकारमा आगो लगाउने काम माधव नेपालले गरे।” प्रचण्डसँग पिरती बसेको कारण माधव नेपाललाई एमालेको माया कम भएको उनको भनाइ छ।