बायर्नलाई लगातार नवौँ बुन्डेसलिगा उपाधि

बायर्न म्युनिखले लगातार नवौं पटक जर्मन बुन्डेसलिगा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार दोस्रो स्थानको आरबी लेइपजिगलाई चौथो स्थानको बोरुसिया डर्टमुन्डले ३–२ ले हराएपछि बायर्नको उपाधि सुनिश्चित भएको थियो । त्यसको छोटो अन्तरमै घरेलु मैदानमा भएको खेलमा बार्यनले बोरुसिया मोन्चेनग्लाडवाचलाई ६–० को विशाल ...

सम्बन्धित सामग्री

लाइप्जिग डिएफवी पोकल च्याम्पियन

एजेन्सी – आरबी लाइप्जिग लगातार दाेस्राे सिजन जर्मन डिएफवी पोकलको च्याम्पियन बनेको छ । जर्मन बुन्डेसलिगा प्रतिद्धन्द्धी फ्रान्कफुर्टलाई २–० ले पराजित गर्दै लाइप्जिगले उपाधि जित्न सफल भएको हो । लाइप्जिगलाई च्याम्पियन बनाउन क्रिस्टोफर एनकुन्कु र डोमिनिक जोबोस्लाईले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको ७१औं मिनेटमा क्रिस्टोफर […] The post लाइप्जिग डिएफवी पोकल च्याम्पियन first appeared on Hamro Khelkud.

लेवान्डोस्कीलाई क्लबमै राख्ने बायर्नको योजना

एजेन्सी – जर्मन क्लब बार्यन म्युनिखले गत सिजन लगातार १०औं बुन्डेसलिगा उपाधि जितेपनि उनीहरूले सोचेको योजनामा सफल भएन । बुन्डेसलिगा जितेपनि बायर्न डिएफबी पोकलमा बोरुसिया मोन्चेनग्लाडवाकसँग ५–० को लज्जास्पद हार बेहोर्दा च्याम्पियन लिगमा अविश्वसनीय रुपमा क्वाटरफाइनलमा स्पेनिस भिल्लारियलसँग हार बेहोर्दै बाहिरियो । गत सिजन प्रशिक्षक जुलियन नागेल्सम्यानले जर्मन प्रतिद्धन्द्धी आरबी लाइपजिगबाट डायोट उपमेकानो (४२.५ मिलियन […]

बायर्नलाई लगातार १०औँ सिजनको लिग उपाधि

लन्डन, (एजेन्सी)  ।  जर्मन क्लासिक खेलमा बोरुसिया डर्टमुन्डलाई पराजित गर्दै बायर्न म्युनिख लगातार १०औं सिजनमा जर्मन बुन्डेसलिगा च्याम्पियन बनेको छ । शनिबार राति भएको खेलमा घरेलु मैदानमा बोरुसिया डर्टमुन्डलाई ३–१ ले पराजित गर्दै बायर्न बुन्डेसलिगाको तीन खेल बाँकि छँदै च्याम्पियन बनेकोे हो । बायर्नको यो समग्रमा ३२औं बुन्डेसलिगा उपाधि हो । एलियान्ज एरिनामा बायर्नको जितमा […]

जर्मन बुन्डेसलिगाको उपाधि बायर्नलाई

काठमाडौं, ११ वैशाख । जर्मन बुन्डेसलिगा फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । शनिबार राति भएको खेलमा बायर्नले बोरुसिया डर्टमण्डलाई ३–१ गोल अन्तरले हराउँदै लगातार दशौँ सिजन उपाधि उचालेको हो । बायर्न युरोपको शीर्ष पाँच लिगमा लगातार १० औं सिजन उपाधि जित्ने पहिलो टोली बनेको छ । घरेलु मैदानमा भएको खेलमा १५औं मिनेटमा सेर्जी जिनाब्रीले […]

बायर्न लगातार १०औँ पटक बुन्डेसलिगाको च्याम्पियन

काठमाडौँ – बोरुसिया डर्टमुन्डलाई ३-१ अन्तरले पराजित गर्दै शनिबार राति बायर्न म्युनिख लगातार १०औँ सिजन जर्मन बुन्डेसलिगा च्याम्पियन बनेको छ । घरेलु मैदान एलिएन्ज एरिनामा बायर्न बुन्डेसलिगाको तीन खेल बाँकी छँदै ३२औँ उपाधि जित्न सफल भयो । बायर्नको जितमा सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की र जमल मुसियालाले १-१ गोल गरे । डर्टमुन्डका इम्री क्यानले १ गोल […]

बायर्न लगातार दशौँ सिजन उपाधि जित्ने पहिलो टोली

बायर्न म्युनिखले लगातार दशौँ सिजन जर्मन बुन्डेसलिगा फुटबलको उपाधि जितेको छ । शनिबार राति दोस्रो स्थानको बोरुसिया डर्टमण्डलाई ३–१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।च्याम्पियन बायर्नले पछिल्लो दश सिजन उपाधि आफ्नो पोल्टोमा पारेको छ । योसँगै बार्यन लगातार दशौँ सिजन उपाधि जित्ने पहिलो टोली बनेको छ । बायर्नले सन् २०१३ देखि लगातार उपाधि जित्दै आएको छ । घरेलु मैदानमा खेलको १५ औँ मिनेटमा सर्जी ग्नाब्रीले गोल गर्दै बायर्नलाई १–० को अग्रता दिलाए ।३४ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै

बायर्नलाई लगातार दसौं बुन्डेसलिगा उपाधि

बायर्न म्युनिकले शनिबार दोस्रो स्थानमा रहेको आफ्नो प्रमुख प्रतिद्वन्द्वी बोरुसिया डर्टमुन्डलाई ३–१ ले पराजित गर्दै लगातार १० औं पल्ट जर्मन बुन्डेसलिगा जितेको छ । बायर्नका लागि पहिलो हाफमा सर्जी जेनाब्री र रोबर्ट लेवनडोस्कीले गोल गरे ।

बायर्नलाई लगातार दशौँ पटक जर्मन बुन्डेसलिगा फुटबलको उपाधि

काठमाण्डाै - बायर्न म्युनिखले लगातार दशौँ पटक जर्मन बुन्डेसलिगा फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा बोरुसिया डर्टमन्डलाई ३–१ गोलले हराउँदै बायर्नले लगातार दशौँ सिजनकाे उपाधि जितेको हो । घरेलु मैदानमा सेर्जी जिनाब्री, रोबर्ट लेवान्डोस्की र जमल मुसियालाले गोल गरे। डर्टमन्डका इम्री क्यानले एक गोल फर्काए । जितसँगै बायर्नले तीन खेल अगाडि नै उपाधि जितेको हो । उसको ३१ खेलमा ७५ अङ्क छ । समान खेलमा दोस्रो स्थानमा रहेको डर्टमन्डकाे ६३ अङ्क छ । बायर्नले सन् २०१३ देखि लगातार उपाधि जित्दै आएको छ । ...

मोन्चेनग्लाडबचमाथि फराकिलो जितसँगै बायर्नले मनायो उपाधिको खुसी

काठमाडौं। रोबर्ट लेवानडोवस्कीको ह्याट्रिकप्रेरित बायर्न म्युनिखले बोरुसिया मोन्चेनग्लाडबचविरुद्ध ६–० नतिजा निकाल्दै लगातार नवौं पटक जर्मन बुन्डेसलिगा जितेको खुसी मनाएको छ। बोरुसिया डर्टमण्डले दोस्रो स्थानको आरबी लाइपजिगलाई हराइदिएपछि बायर्नले तीन खेलअघि नै उपाधि जितिसकेको थियो। बायर्नको जितमा लेवानडोवस्कीले तीन तथा थोमस मुलर, किंग्सले कोम्यान, लोरी सानेले एक एक गोल गरे। लेवानडोवस्कीले बुन्डेसलिगामा २०० गोलको कोशेढुंगा पार गरे।

बायर्नले जित्यो कीर्तिमान लगातार नवौं बुन्डेसलिगा उपाधि

काठमाडौं। बोरुसिया डर्टमण्डले दोस्रो स्थानको आरबी लाइपजिगलाई ३-२ ले पराजित गरिदिएपछि बायर्न म्युनिखले तीन खेलअगाडि नै जर्मन बुन्डेसलिगाको उपाधि जितेको छ। बायर्नको यो कीर्तिमानी लगातार नवौं लिग उपाधि हो। बायर्न ७१ अंकका साथ शीर्ष स्थानमा रहँदा एक खेल बढी खेलेको लाइपजिग ६४ अंकका साथ दोस्रो स्थानमा छ। डर्टमण्डको जितमा जाडोन सान्चोले दुई र मार्को रेउसले एक गोल गरे।