बायर्नलाई लगातार १०औँ सिजनको लिग उपाधि

लन्डन, (एजेन्सी)  ।  जर्मन क्लासिक खेलमा बोरुसिया डर्टमुन्डलाई पराजित गर्दै बायर्न म्युनिख लगातार १०औं सिजनमा जर्मन बुन्डेसलिगा च्याम्पियन बनेको छ । शनिबार राति भएको खेलमा घरेलु मैदानमा बोरुसिया डर्टमुन्डलाई ३–१ ले पराजित गर्दै बायर्न बुन्डेसलिगाको तीन खेल बाँकि छँदै च्याम्पियन बनेकोे हो । बायर्नको यो समग्रमा ३२औं बुन्डेसलिगा उपाधि हो । एलियान्ज एरिनामा बायर्नको जितमा […]

सम्बन्धित सामग्री

कतारले लगातार दोस्रो पटक जित्यो एसियन कपको उपाधि

२८ माघ, काठमाडौं ।कतारले लगातार दोस्रो पटक एएफसी एसियन कपको उपाधि जितेको छ । घरेलु मैदानमा शनिबार भएको फाइनलमा जोर्डनलाई ३-१ ले पराजित गर्दै कतारले उपाधि रक्षा गरको हो । कतारको जितमा अक्रम अफिफले ह्याट्रिक गरे । उनले सबै गोल पेनाल्टीमा गरेका थिए । खेलको २२औं मिनेटमा अफिफे पेनाल्टीमा गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए […]

विराटनगर अन्तर विद्यालयस्तरीय बास्केटबलको उपाधि लगातार दोस्रोपटक बिकेभिएमलाई

मोरङ- बालकल्याण विद्या मन्दिर (बिकेभिएम) ले विराटनगर अन्तर विद्यालयस्तरीय बास्केटबल कपमा लगातार दोस्रो पटक उपाधि जितेको छ। चौथो संस्करणमा बिकेभिएमको यो दोस्रो उपाधि हो। शुक्रबार विराटनगरको डिपिएस स्कुलको बास्केटबल कोर्टमा सम्पन्न प्रतिस्पर्धात्मक फाइनलमा बिकेभिएमले एभरेष्ट स्कुललाई २ अंकको अन्तरले पराजित गर्दै उपाधि रक्षा गर्‍याे। रोमाञ्चक फाइनलमा बिकेभिएमले ३९ अंक हासिल गर्दा एभरेष्ट ३७ अंक जोडेको […]

बायर्न लगातार दशौँ सिजन उपाधि जित्ने पहिलो टोली

बायर्न म्युनिखले लगातार दशौँ सिजन जर्मन बुन्डेसलिगा फुटबलको उपाधि जितेको छ । शनिबार राति दोस्रो स्थानको बोरुसिया डर्टमण्डलाई ३–१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।च्याम्पियन बायर्नले पछिल्लो दश सिजन उपाधि आफ्नो पोल्टोमा पारेको छ । योसँगै बार्यन लगातार दशौँ सिजन उपाधि जित्ने पहिलो टोली बनेको छ । बायर्नले सन् २०१३ देखि लगातार उपाधि जित्दै आएको छ । घरेलु मैदानमा खेलको १५ औँ मिनेटमा सर्जी ग्नाब्रीले गोल गर्दै बायर्नलाई १–० को अग्रता दिलाए ।३४ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै

बायर्नलाई लगातार दशौँ पटक जर्मन बुन्डेसलिगा फुटबलको उपाधि

काठमाण्डाै - बायर्न म्युनिखले लगातार दशौँ पटक जर्मन बुन्डेसलिगा फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा बोरुसिया डर्टमन्डलाई ३–१ गोलले हराउँदै बायर्नले लगातार दशौँ सिजनकाे उपाधि जितेको हो । घरेलु मैदानमा सेर्जी जिनाब्री, रोबर्ट लेवान्डोस्की र जमल मुसियालाले गोल गरे। डर्टमन्डका इम्री क्यानले एक गोल फर्काए । जितसँगै बायर्नले तीन खेल अगाडि नै उपाधि जितेको हो । उसको ३१ खेलमा ७५ अङ्क छ । समान खेलमा दोस्रो स्थानमा रहेको डर्टमन्डकाे ६३ अङ्क छ । बायर्नले सन् २०१३ देखि लगातार उपाधि जित्दै आएको छ । ...

मच्छिन्द्रले लगातार दोस्रो पटक जित्यो ए डिभिजन लिगको उपाधि

काठमाडौँः मच्छिन्द्र फुटबल क्लबले अपराजित रहदै शहीद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि जितेको छ। ११औँ चरणको खेलमा उपाधि पक्का गरिसकेको मच्छिन्द्रले शनिबार अन्तिम खेलमा विभागीय टिम एपीएफलाई २–१ ले हराउँदै च्याम्पियन बनेको हो। मछिन्द्रलाई जित दिलाउन अविषेक गुरुङ र रेजिन सुब्बाले गोल गरे। लगातार दोस्रो पटक च्याम्पियन भएको मच्छिन्द्रले उपाधिसँगै…

शुक्रलाई लगातार दोस्रो उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – प्रो शुक्रबहादुर राईले सुर्य नेपाल गल्फ टुर २०२१-२२ मा लगातार दोस्रो उपाधि जितेका छन् । धरान गल्फ क्लबका प्रो शुक्रले शुक्रबार सुर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जित्दै १ लाख ३० हजार रुपैयाँ हात पारे । गोकर्ण गल्फ क्लबमा सम्पन्न सिजनको तेस्रो प्रतियोगिता शुक्रले शुक्रबार अन्तिम दिन १ ओभर ७३ स्कोरसहित कुल […]

उपाधि दावेदार थ्रीस्टार लगातार दोस्रो खेलमा जितविहिन

काठमाडौं-शहिद स्मारक ए डिभिजन लिग फुटबलमा उपाधि दावेदार थ्रीस्टार क्लब लगातार दोस्रो खेलमा जितविहिन बनेको छ। दशरथ रंगशालामा भएको पहिलो खेलमा थ्रीस्टार, फ्रेन्ड्स क्लबसँग १-१ गोलको बराबरीमा रोकियो। अघिल्लो खेेलमा थ्रीस्टारले सातदोबाटो युथ क्लबसँग हार ब्यहोरेको थियो। फ्रेन्ड्ससँग पनि थ्रीस्टारलाई बराबरी गर्न हम्मेहम्मे भएको थियो। थ्रीस्टारका मिक्चेन तामाङले ८३ औँ मिनेटमा खेललाई बराबरीमा ल्याएका थिए। […]

लगातार दोस्रोपटक टुर दी फ्रान्सको उपाधि पोगाकरलाई

एजेन्सी। पुरानो साइक्लिङ प्रतियोगिता फ्रान्स दी टुरको उपाधि लगातार दोस्रोपटक जित्ने टाडेज पोगाकर पहिलो युवा खेलाडी बनेका छन्। स्लोभेनियाका २२ वर्षे पोगाकरको गत वर्ष डेब्यूमै उपाधि जितेका थिए। पोगाकरले डेनमार्कका जोन्स भिनगेगार्डलाई पाँच मिनेट २० सेकेन्डले पछि पारेका थिए। तेस्रो स्थानमा रहेका इक्वेडरका रिकार्ड कारापज सात मिनेट दुई सेकेन्डले पछि परे। जितपछि पोगाकरले भने,"रूटमा एक्लै कुद्न अदभूत महसुस हुनेरैछ।"

बायर्नले जित्यो कीर्तिमान लगातार नवौं बुन्डेसलिगा उपाधि

काठमाडौं। बोरुसिया डर्टमण्डले दोस्रो स्थानको आरबी लाइपजिगलाई ३-२ ले पराजित गरिदिएपछि बायर्न म्युनिखले तीन खेलअगाडि नै जर्मन बुन्डेसलिगाको उपाधि जितेको छ। बायर्नको यो कीर्तिमानी लगातार नवौं लिग उपाधि हो। बायर्न ७१ अंकका साथ शीर्ष स्थानमा रहँदा एक खेल बढी खेलेको लाइपजिग ६४ अंकका साथ दोस्रो स्थानमा छ। डर्टमण्डको जितमा जाडोन सान्चोले दुई र मार्को रेउसले एक गोल गरे।

सिटीले लगातार चौथो सिजन जित्यो लिगकपको उपाधि

काठमाडौं। म्यान्चेस्टर सिटीले लगातार चौथो सिजन लिग कप (इएफएल कप) फुटबलको उपाधि हात पारेको छ। घरेलु मैदानमा टोटनह्याम हट्सपरलाई १–० ले हराउँदै सिटीले उपाधि उचालेको हो। सिटीका लागि ८२ औं मिनेटमा केभिन डी ब्रुयनाको पासमा यमरिक लापोर्टले गोल गरे। यो सँगै सिटीले सन् १९८० को दशकमा लगातार चार सिजन उपाधि जितेर लिभरपुलले बनाएको कीर्तिमान बराबरी गरेको छ।