मोन्चेनग्लाडबचमाथि फराकिलो जितसँगै बायर्नले मनायो उपाधिको खुसी

काठमाडौं। रोबर्ट लेवानडोवस्कीको ह्याट्रिकप्रेरित बायर्न म्युनिखले बोरुसिया मोन्चेनग्लाडबचविरुद्ध ६–० नतिजा निकाल्दै लगातार नवौं पटक जर्मन बुन्डेसलिगा जितेको खुसी मनाएको छ। बोरुसिया डर्टमण्डले दोस्रो स्थानको आरबी लाइपजिगलाई हराइदिएपछि बायर्नले तीन खेलअघि नै उपाधि जितिसकेको थियो। बायर्नको जितमा लेवानडोवस्कीले तीन तथा थोमस मुलर, किंग्सले कोम्यान, लोरी सानेले एक एक गोल गरे। लेवानडोवस्कीले बुन्डेसलिगामा २०० गोलको कोशेढुंगा पार गरे।