विश्वभर तेलको बढ्दो मूल्य नियन्त्रण गर्न भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले देशको रणनीतिक तेल भण्डारबाट पाँच करोड ब्यारेल कच्चा तेल निकाल्न आदेश दिएका छन् । तरल इन्धन अत्यधिक खपत गर्ने चीन, भारत, बेलायत, जापान र दक्षिण कोरियालगायत मुलुकसँग छलफल गरी बाइडेनले विशाल नुनिलो गुफामा अमेरिकाले लुकाइरहेकोमध्ये उल्लेखित परिमाणमा तेल निकाल्न मंगलबार आदेश दिएका हुन् । यतिखेर तेलको मूल्य विश्वभर बढिरहेको छ । अमेरिकी बजारमै कच्चा तेलको मूल्य प्रतिब्यारेल ७८.६५ अमेरिकी डलर पुगेको छ । आयातमा निर्भर र इन