बजेटबारे विराटनगरका उद्योगी व्यवसायीको प्रतिक्रिया

जेठ १६, विराटनगर ।निजी क्षेत्रका व्यक्तित्वहरुले आगामी आर्थिक वर्ष २०७८/ ७९ को बजेट समग्रमा राम्रो रहेको प्रतिक्रिया दिएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिवार सार्वजनिक गरेको बजेटबारे प्रतिक्रिया दिंदै विराटनगरका उद्योगी व्यवसायीहरुले बजेट सकारात्मक भए पनि कार्यान्वयनमा भने चुनौती रहेको भन्दै मिश्रित प्रतिक्रिया दिएका छन् । सुयसराज प्याकुरेल, उद्योग संगठन मोरङ अध्यक्ष    स्रोतको विश्वास नियतमा प्रश्न उठाउने ठाउँ छ । १६ खर्ब रुपैयाँको बजेटमा १० खर्ब  रुपैयाँ राजस्वबाट उठ्ने र ६ प्रतिशत आर्थिक वृद्धि हुने कुरामा अलिक तालमेल मिल्दैन । कच्चा पदार्थ र फिनिस गुडमा लाग्ने करमा दुई तहको फरक हुनु पर्छ भन्ने हाम्रो मागलाई एक तहको फरक पर्ने व्यवस्था भएको छ त्यो स्वागत योग्य छ । कोभिडको कारण भएको लकडाउनको अवधिको विद्युत् डिमाण्ड शुल्क मिनाहा, सामाजिक सुरक्षा कर लागू भएको उद्योगहरुको सरकार आफैंले बन्दको अवधिको व्यहोर्ने माग अनुसारको सम्बोधन भएको छ त्यो राम्रो पक्ष हो । डिजेलमा भ्याट रिफन्ड दिने ब्यवस्था पनि राम्रो छ । यो अगाडी नै कार्यान्वयन हुनुपथ्र्यो तर ढिलै भएपनि सम्बोधन भयो । व्यवसायको स्टार्टअपको लागि २५ लाख रुपैयाँ विनाधितो ऋण दिने र ५ प्रतिशत ब्याजमा नै दिने र कर छूट हुने व्यवस्थाले नयाँ उद्यमी व्यवसायीहरु थपिने संभावना छ यो सरकारले ल्याएको नीति स्वागत योग्य छ । स्वास्थ्य केन्द्रित बजेट भएकाले विकासमा सबै क्षेत्र समेटिन सकेको छैन । सुनसरीको अमडुवाको औद्योगिक क्षेत्रको विकासको अध्ययन गर्ने भनेर चार पटक बजेट बिनियोजन भइसक्यो त्यो कार्यान्वयन हुन सकेको छैन । त्यस्तै विराटनगर विमानस्थलको विस्तारमा बजेट मौन छ । टर्मिनल निर्माणमा मात्र बजेट परेको छ । स्वदेशी उत्पादन प्रर्वदनका लागि आएको कार्यक्रम राम्रो छ ।    प्रकाश मुन्दडा, अध्यक्ष, मोरङ व्यापार संघ  बजेट राम्रो आएको छ । हामीहरुले उठाउदै आएका मागहरु पनि सम्बोधन भएका छन । डिजेलमा लाग्दै आएको भ्याट रिफन्ड हुने भएको छ। त्यस्तै अमडुवामा निर्माण हुने भनिएको औद्योगिक क्षेत्रको अध्ययनका लागि बजेट छुट्टिएको छ । त्यसै गरि विराटनगरमा प्रदेश स्तरको प्रर्दशनी स्थल निर्माणका लागि पनि बजेट आएको छ । त्यो स्वागत योग्य छ । औद्योगिक व्यवसायको क्षेत्रमा बजेटले यो पटक निकै राम्रोसंग समेट्न खोजेको छ । स्टार्टअप विजनेशलाई प्रोत्साहन गरिउको छ । इन्टरटेन्टमेन्ट उद्योगको नविकरण र आयकर छुटको ब्यवस्था राम्रो छ । कुल गार्हस्थ उत्पादन ६ प्रतिशतभन्दा माथि जाने लक्ष्य चुनौति पूर्ण छ । यदि दुई महीना भित्रमा आधाभन्दा बढी जनसंख्यालाई खोप लगाउन सकियो भने जीडीपीको लक्ष्य भेट्टाउन मुस्किल हुदैन । 

सम्बन्धित सामग्री

बजेटप्रति उद्योगी–व्यापारीको मिश्रित प्रतिक्रिया

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार सार्वजनिक गरेको वार्षिक बजेटप्रति विराटनगरका उद्योगी एवं व्यापारीले मिश्रित प्रतिक्रिया दिएका छन् ।    आव ०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट विगतको भन्दा...

चालु पुँजी कर्जा सम्बन्धी नयाँ व्यवस्थाले व्यवसाय गर्न अझ कठिन भयो : उद्योगी

उद्योगी व्यवसायीहरुले नेपाल राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जा सम्बन्धी व्यवस्थाले उद्यम व्यवसाय गर्न अझ कठिन हुने प्रतिक्रिया दिएका छन् । जुन व्यवसाय गर्नको लागि भन्दै कर्जा लिइएको हो सोही प्रयोजनमा खर्च भए नभएको प्रभावकारी अनुगमन गरे हुनेमा चालु पुँजी कर्जामा नै सीमा तोकेर कडाई गर्नु उपयुक्त नहुने व्यवसायीहरुको भनाई छ ।नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ राष्ट्र बैंकले सीमा तोकेर उद्यम व्यवसाय गर्न अझ कठिन अवस्था सिर्जना गरिदिएको बताउँछन् । आयातमा नगद मार्जिन राख्नु पर्न

साना उद्योगी व्यवसायीमैत्री मौद्रिक नीति आयो : अध्यक्ष कटुवाल

२९ साउन, काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले मौद्रिक नीतिले साना तथा मझौला उद्योगष्ी व्यवसायीहरुका पिरमार्का सुनेको प्रतिक्रिया दिएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति सकारात्मक भएको उनले बताए । ‘कोरोना महामारीका कारण धेरै उद्योग व्यवसाय समस्यामा परेका छन्, धेरै समस्यामा पर्नेमा पनि साना तथा मझौला उद्योग व्यवसायहरु […]

बजेट कार्यान्वयनमा ध्यान दिन कर्णालीको सुझाव

सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको बजेट समग्रमा राम्रो रहेको कर्णालीका सरोकारवालाहरुले प्रतिक्रिया दिएका छन् ।सरकारले शनिबार प्रस्तुत गरेको बजेटले कर्णालीलाई उचित सम्बोधन गरेको प्रतिक्रिया दिएका हुन् । बजेटले समग्रमा सबै क्षेत्रलाई समेटेकोले कार्यान्वयनतर्फ सरकारले ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ । कर्णाली प्रदेश उद्योग वाणियज्य संघका अध्यक्ष पदमबहादुर शाहीले बजेटमा उद्योगी व्यवसायीका सुझावहरु समेटिएकाले […]

उद्योग वाणिज्य महासंघल भन्यो : बजेट तुलनात्मक रुपमा सन्तुलित

नेपालका उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आगामी आवको बजेट तुलनात्मक रुपमा सन्तुलित रहेको प्रतिक्रिया दिएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले रासससँग कुरा गर्दै नेपाल सरकारले आज प्रस्तुत गरेको बजेट तुलनात्मक रुपमा सन्तुलित नै रहेको प्रतिक्रिया दिए ।खासमा देश महामारीमा रहेकाले स्वास्थ्योपचार र स्वास्थ्य पूर्वाधारमा बजेटको प्राथमिकता  भएको  र अरु पनि निजी क्षेत्रले अघि सारेका धेरै कुरा सम्बोधन गर्न खोजिएको उनले बताए । ढकालले भने, “यो विषय पर

सरकारद्वारा प्रस्तुत बजेट तुलनात्मक रुपमा सन्तुलित :  चन्द्रप्रसाद ढकाल

काठमाडौँ । नेपालका उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आगामी आवको बजेट तुलनात्मक रुपमा सन्तुलित रहेको प्रतिक्रिया दिएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सरकारले आज प्रस्तुत गरेको बजेट तुलनात्मक रुपमा सन्तुलित नै रहेको प्रतिक्रिया दिए । खासमा देश महामारीमा रहेकाले स्वास्थ्योपचार र स्वास्थ्य पूर्वाधारमा बजेटको प्राथमिकता भएको र अरु पनि […]

बजेटमा निजी क्षेत्रको प्रतिक्रिया : परिस्थिति अनुसार अधिकांश माग सम्बोधन भए

काठमाडौं : सरकारले ल्याएको आर्थिक वर्ष २०७८/०६९ को बजेटले वर्तमान परिस्थिति अनुकुल नीजि क्षेत्रको अधिकांश मागहरु सम्बोधन भएको उद्योगी व्यवसायीहरुले बताएका छन्।बजेट भाषणपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ उद्योगी व्यवसायीले कोभिड महामारीको बेलामा आएको विशेष बजेट भएका कारण नीजि क्षेत्रको धेरै मागहरुलाई सम्बोधन नभएको भएपनि अधिकांश मागहरु सम्बोधन भएको बताएका हुन्। नीजि क्षेत्रले आर्थिक वर्ष २०७८/०७९ को बजेट सकारात्मक भएको प्रतिक्रिया दिएका छन्।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्

उद्योगी–व्यवसायीको गुनासो : सरकारले लकडाउनलाई पहिलो विकल्प बनायो

सरकारले घोषणा गरेको निषेधाज्ञाबाट उद्योगी व्यवसायीहरु झस्किएका छन् । सरकारले अरू विकल्प नखोजी अन्तिम हतियार चलाएर अर्थतन्त्र तहस–नहस गर्न खोजेको उद्योगीहरुको आरोप छ । निषेधाज्ञाले देशको अर्थतन्त्र तहस–नहस हुने उनीहरुको प्रतिक्रिया छ ।उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले रातोपाटीसँग भने, ‘गत वर्षको जस्तै गल्ती सरकार अहिले पनि दोहोर्‍याउँदैछ । हामी निजी व्यवसायीहरूसँग सरकारले कहिले पनि सल्लाह लिएन । अहिलेको समस्या समाधान भनेको लकडाउन होइन, स्वास्थ्य सुरक्षाको अधि