उद्योग वाणिज्य महासंघल भन्यो : बजेट तुलनात्मक रुपमा सन्तुलित

नेपालका उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आगामी आवको बजेट तुलनात्मक रुपमा सन्तुलित रहेको प्रतिक्रिया दिएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले रासससँग कुरा गर्दै नेपाल सरकारले आज प्रस्तुत गरेको बजेट तुलनात्मक रुपमा सन्तुलित नै रहेको प्रतिक्रिया दिए ।खासमा देश महामारीमा रहेकाले स्वास्थ्योपचार र स्वास्थ्य पूर्वाधारमा बजेटको प्राथमिकता  भएको  र अरु पनि निजी क्षेत्रले अघि सारेका धेरै कुरा सम्बोधन गर्न खोजिएको उनले बताए । ढकालले भने, “यो विषय पर

सम्बन्धित सामग्री

‘आर्थिक क्षेत्रमा स्थिर नीति चाहियो’

सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि बजेट ल्याएको छ। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शलगायत निजीक्षेत्रका संस्थाले विभिन्न सुझाव दिए पनि आंशिक माग मात्र सम्बोधन भएको बताएका छन्।...

उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघले बजेटको आलोचना गरेनन् : ओली

१२ असार, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्योगी, व्यवसायीको ढाड सक्नेगरी सरकारले बजेट ल्याउँदा पनि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायतका संगठनहरूले बजेटको आलोचना र विरोध गर्न नसकेको भन्दै आलोचना गरेका छन् । पार्टीको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको पहिलो बैठकअघि सो विभागका प्रमुख लगायत सदस्यहरूलाई निर्देशनात्मक सम्बोधन गर्दै […]

बजेट सकारात्मक, कार्यान्वयन पक्ष चुनौतीपूर्णः निजी क्षेत्र

काठमाडौं, जेठ १६ । सरकारले आइतबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नयाँ बजेटप्रति प्रतिक्रिया दिँदै निजी क्षेत्रले यो बजेट समग्रमा सकारात्मक भए पनि कार्यान्वयनको पक्ष चुनौतीपूर्ण भएको बताएको छ । निजी क्षेत्रका संघीय प्रतिनिधिमूलक तीनवटा छाता संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले यो बजेटले आफ्ना धेरै […]

अर्थमन्त्रीले बजेटका लागि निजी क्षेत्रसँग सुझाव लिए

काठमाडौं, चैत ११ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका लागि निजी क्षेत्रसँग सुझाव लिएका छन्। उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सका अध्यक्ष तथा प्रतिनिधिलाई बिहीबार मन्त्रालयमा बेलाएर सुझाव लिएका हुन्। सो छलफलमा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सुझाव पेस गरे। उनले […]

निजी क्षेत्रलाई विश्वासमा लिएर सरकारले लक्ष्य पूरा गर्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९-०८० को बजेट निर्माणका लागि निजी क्षेत्रसँग छलफल गरेका छन् ।उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गाोल्छा र उपाध्यक्ष रामचन्द्र संघाई, उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र उपाध्यक्ष कृष्णप्रसाद अधिकारी तथा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाललसँग मन्त्री शर्माले छलफल गरेका हुन् ।मन्त्री शर्माले निजी क्षेत्रलाई विश्वासमा लिएर […]

लुम्बीनी प्रदेशमा सार्वजनिक–निजी कार्यक्रम सञ्चालन गर्ने सहमति

हेटौंडा : लुम्बीनी प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रबीच सार्वजनिक–निजी कार्यक्रम सञ्चालन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।सोमबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्का र केन्द्रका सभापति अरुणराज सुमार्गीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।त्यस्तैगरी समझदारी पत्रमा प्रदेश सरकारका तर्फबाट प्रदेश योजना आयोगका उपाध्यक्ष र महासंघ लुम्बीनी प्रदेश अध्यक्ष कृष्ण शर्माले पनि हस्ताक्षर गरेका छन्।प्रदेश सरकारको वार्षिक बजेट तथा कार्

बजेटमाथि निजी क्षेत्रको प्रतिक्रिया– स्वागतयोग्य छ

काठमाडौं। नेपालका निजी क्षेत्रले बजेट स्वागतयोग्य रहेको प्रतिक्रिया दिएका छन्। निजी क्षेत्रका छाता संगठनहरुले विज्ञप्ति निकाल्दै बजेट स्वागतयोग्य रहेको बताएका हुन्। नेपाल उद्योग वाणिज्य महासंघ,नेपाल चेम्बर अफ कमर्श,नेपाल उद्योग परिसंघ र नेपाल निर्माण व्यवसायी महासंघले बजेटको स्वागत गरेका हुन्।

अधिकांश माग समेटिए, बजेट स्वागतयोग्य : उद्योग वाणिज्य महासंघ

नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटले प्रतिकूल अवस्थामा पनि महामारी नियन्त्रणका लागि पर्याप्त बजेट विनियोजन गरेको भन्दै खुशी व्यक्त गरेको  छ ।। महासंघले उद्योग व्यवसायको पुनरूत्थान र लगानी विस्तार हुने अधिकांश कार्यक्रम समावेश गरेको भन्दै बजेटको स्वागत समेत गरेको छ ।'नेपालीले कहिल्यै नभ...

बजेट निजी क्षेत्रमैत्री, तर कार्यान्वयनमा आशंका : निजी क्षेत्र

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्षको बजेट निजी क्षेत्रमैत्री भएको बताएका हुन् । अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको तर्फबाट दिएका सुझाबहरू समावेश गरेको दुवै संस्थाले बताएका...

रुकुम उद्योग वाणिज्य संघको बेरुजु करीब २१ लाख

वौशाख १९, रुकुम । रुकुम उद्योग वाणिज्य संघको बेरुजु करीब २१ लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७३/ ७४ देखि विभिन्न व्यक्तिले संघबाट २० लाख ८५ हजार रुपैयाँ लिएर फस्र्यौट गरेका छैनन् ।  संघको १३ औं वार्षिक साधारणसभामा पेस गरिएको प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७४/ ०७५ भित्र सबै बेरुजु असुल उपर गर्नुपर्ने उल्लेख थियो । तर त्यसको तीन वर्ष बित्दासमेत कार्य समितिका सदस्यले पेस्की लिएको ९ लाख ७५ हजार रुपैयाँ फिर्ता गरेका छैनन् ।त्यस्तै करदाता सेवा शुल्क बापतको १२ हजार रुपैयाँ र एक गाउँ, एक उत्पादन कार्यक्रमको ३ लाख २८ हजार रुपैयाँ पनि बेरुजु रहेको छ । कृषि मन्त्रालयले उद्योग वाणिज्य महासंघ मार्फत एक गाउँ, एक उत्पादन कार्यक्रमका लागि बजेट पठाएको थियो । आर्थिक वर्ष २०७४/ ०७५ मा ७ लाख ६८ हजार रुपैयाँ पनि बेरुजु देखिएको छ । संघको विवाद मिलाउन बनेको समितिका सदस्य डिलबहादुर केसीले उक्त प्रतिवेदन साधारण सभामा पेस गरेका थिए । संघले यसअघि तोकेको विसं २०७५ असार २२ गतेको साधारण सभा विवादपछि स्थगित भएको थियो । आर्थिक अनियमितता भएको भन्दै व्यवसायीले साधारणसभा अघि बढ्न नदिएपछि विशेष समिति गठन गरिएको थियो । पहलबहादुर खड्का संयोजक रहेको समितिले साधारणसभा गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।