पर्वत : जिल्लाको जलजला गाउँपालिका आलु उत्पादनको ‘पकेट’ क्षेत्र हो। जलजलाका विभिन्न ठाउँमा आलुको राम्रो उत्पादन हुँदै आएकोमा गाउँपालिकासहित कृषि ज्ञान केन्द्र पर्वतले लगानी बढाइरहेको छ। तर सोमबारको वर्षासँगैको असिनाले कृषकलाई दुःखी बनाएको छ। बढी आलु उत्पादन हुने गरेकै क्षेत्रहरूमा बाक्लो गरी परेको असिनाले आलु सहितका अन्य बाली पनि नष्ट पारेपछि कृषक चिन्तामा छन्। लामो समयसम्म नभएको वर्षाले माटो सुख्खा बन्दा उत्पादनमा ह्रास आउने चिन्तामा रहेका कृषक पानी परेपछि खुशी भएका थि