स्प्रेडमा कटौतिका बाबजुद लक्ष्मी बैंकको नाफामा ७७ प्रतिशतको छलाङ, ब्याज आम्दानी पनि १७% वृद्धि

काठमाडौं। लक्ष्मी बैंकले खुद ब्याज आम्दानीमा समेत सुधार गर्दै खुद नाफामा छलाङ मारेको छ। बैंकले खुद नाफा ७७ प्रतिशतले

सम्बन्धित सामग्री

३ अर्ब ७० करोड पुग्यो एनएमबि बैंकको नाफा

१९ साउन, काठमाडौं । खुद ब्याज आम्दानी सँगै सम्भावित कर्जा नोक्सानीवापतको प्रोभिजन रकमबाट भएको राइट ब्याकले गर्दा एनएमबि बैंकको नाफामा उच्च वृद्धि भएको छ । बिहीबार बैंकले आर्थिक वर्ष २०७८/०७९ मा ३ अर्ब ७० करोड १३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा दुई अर्ब ७१ […]

एनआईसी एशिया बैंकको नाफा ३८.८६ प्रतिशतले वृद्धि

एनआईसी एशिया बैंकको नाफामा आकर्षक वृद्धि भएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अन्तसम्ममा ३८.८६ प्रतिशतले नाफा वृद्धि गर्दै ४ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ कमाएको हो । अघिल्लो वर्ष बैंकले ३ अर्ब २५ करोड १० लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकले २७.५८ प्रतिशत खुद ब्याज आम्दानी वृद्धि गर्दै ११ अर्ब ७७ करोड २१ लाख ८७ हजार रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष बैंकले ९ अर्ब २२ करोड ७५ लाख २ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।यस्तै, सञ्चालन नाफा तर्फ

खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै एनएमबि बैंकको नाफा बढ्यो

वैशाख ७, काठमाडौं । एनएमबि बैंकले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५ दशमलव ९१ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. २ अर्ब ५१ करोड खुद नाफा गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २ अर्ब ६६ करोड पुगेको हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २ प्रतिशत र सञ्चालन नाफा ४ प्रतिशत वृद्धि भएको हो । कम्पनीको चुक्ता पूँजी रू. १८ अर्ब ३६ करोड रहेको छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ५ अर्ब ३७ करोडर रिटेण्ड अर्निङमा रू. २ अर्ब ३७ करोड सञ्चित गरेको हो । सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू. १ अर्ब ३२ करोड रहेको छ । त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू. १९ दशमलव २९, मूल्य आम्दानी अनुपात (वार्षिक) २१ दशमलव १७ गुणा र प्रतिशेयर नेटवर्थ रू. १४७ दशमलव ७७ रहेको छ ।

गरिमा विकास बैंकको नाफा २५% बढ्यो, प्रतिशेयर आम्दानी रू. २४.९७

माघ ९, काठमाडौं । गरिमा विकास बैंकले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २५ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ३९ करोड ३५ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ४९ करोड २३ लाख पुगेको हो ।  चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवको दोस्रो त्रैमासको तुनलामा चालू आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३९ प्रतिशत र सञ्चालन नाफा २५ प्रतिशत वृद्धि भएको छ ।  कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको अगाामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् ।  चुक्तापूँजी रू. ३ अर्ब ९४ करोड ८१ लाख रहेको कम्पनीले जगेडामा रू.१ अर्ब १२ करोड ७६ लाख, रिटेन्ड अर्निङमा रू. १ अर्ब ३२ लाख र शेयर प्रिमियममा रू. ६७ लाख ६५ हजार सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमाससम्मम कम्पनीले रू. ६५ अर्ब ७५ करोड ३६ लाख  निक्षेप संकलन गरेर रू. ५८ अर्ब ७१ करोड ७३ लाख कर्जा लगानी गरेको हो ।  सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू.३५ करोड ६१ लाख ८८ हजार रहेको छ । त्यसैगरी प्रतिशेयर आम्दानी रू. २४ दशमलव ९७, मूल्य आम्दानी अनुपात २४ दशमलव १३ गुणा, तरलता अनुपात २१ दशमलव ४१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५४ दशमलव १४ रहेको छ ।

दोस्रो त्रैमासमा सिद्धार्थ बैंकको नाफा ७१% बढ्यो, प्रतिशेयर आम्दानी रू. २५.१२

माघ ७, काठमाडौं । सिद्धार्थ बैंकले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७१ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ९१ करोड ८७ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १ अर्ब ५७ करोड ७३ लाख १३ हजार पुगेको हो ।  चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । खुद ब्याज आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा १८ प्रतिशत र सञ्चालन नाफा ७० प्रतिशत वृद्धि भएको छ ।  कम्पनीको चुक्तापूँजी रू. १२ अर्ब ५२ करोड ४४ लाख रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ८ अर्ब ७ करोड १० लाख ६९ हजार र रिटेन्ड अर्निङमा रू. ८५ करोड २६ लाख ७३ हजार सञ्चित गरेको हो ।  सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू. ६८ करोड ८३ लाख ८९ हजार रहेको छ  । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. १ खर्ब ८८ अर्ब ७९ करोड ८४ लाख निक्षेप संकलन गरेर रू. १ खर्ब ७६ अर्ब ८८ करोड १९ लाख कर्जा लगानी गरेको हो ।  चालू आवको दोस्रो त्रैमासमा नाफा बढेसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १४ दशमलव ७१ रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २५ दशलमव १२ पुगेको हो ।  मूल्य आम्दानी अनुपात १८ दशमलव २७ गुणा, तरलता अनुपात २० दशमलव १२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १७१ दशमलव २५ रहेको छ ।

लुम्बिनी विकास बैंकको नाफा ३४% बढ्यो, प्रतिशेयर आम्दानी रू.२१.४२

माघ ७, काठमाडौं । लुम्बिनी विकास बैंकले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३४ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. २६ करोड १८ लाख ८५ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ३५ करोड १७ लाख ४४ हजार पुगेको हो ।  चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी ३५ प्रतिशत र सञ्चालन नाफा ४१ प्रतिशत वृद्धि भएकाले नाफा बढेको हो । नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू.१८ दशमलव शून्य २ रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २१ दशलमव ४२ पुगेको हो ।  कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब २८ करोड रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. २ अर्ब ६२ लाख र रिटेण्ड अर्निङमा रू. २४ करोड ९४ लाख ३३ हजार सञ्चित गरेको हो । सो अवधिमा कम्पनीले रू ३९ अर्ब २८ करोड ४७ लाख  निक्षेप संकलन गरेर रू. ३५ अर्ब ६७ करोड ९८ लाख ८३ हजार कर्जा लगानी गरेको हो ।  त्यसैगरी, कम्पनीको वितरणयोग्य नाफा चालू आवको दोस्रो त्रैमासमा रू. २४ करोड ९४ लाख ३३ हजार रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात २१ दशमलव ४२ गुणा, तरलता अनुपात २१ दशमलव ४१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६८ दशलमव ६८ पुगेको हो ।

नेपाल बैंकको नाफा ३७ % बढ्यो, प्रतिशेयर आम्दानी रू. २३.८९ पुग्यो

कात्तिक १५, काठमाडौं । नेपाल बैंकले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार बैंकको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधमिा ३७ प्रतिशतले वृद्धि भएको हो ।  गत आवको पहिलो त्रैमासमा ५५ करोड ४ लाख १९ हजार नाफा कमाएको उक्त बैंकले चालू आवको सोही अवधिमा वृद्धि गरेर रू.७५ करोड ४८ लाख ५५ हजार नाफा कमाएको हो ।  चालू आवको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो । गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ११ दशमलव ९७ प्रतिशत र सञ्चालन नाफा २१ दशमलव ९७ प्रतिशतले वृद्धि भएको हो । उक्त बैंकको चुक्तापूँजी रू. १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार रहेको छ भने जगेडामा रू. १७ अर्ब २२ करोड ५६ लाख, रिटेण्ड अर्निङमा रू. ३ अर्ब ८८ करोड ३ लाख र शेयर प्रिमियममा रू. ४३ करोड १८ लाख ८३ हजार सञ्चित रहेको छ । बैंकको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा उक्त बैंकको प्रतिशेयर आम्दानी रू. १९ दशमलदव ५१ रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २३ दशमलव ८९ पुगेको छ ।  त्यसैगरी बैंकको मूल्य आम्दानी अनुपात २० दशमलव २६, तरलता अनुपात २२ दशमलव ७८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.२७० दशमलव ४४ रहेको छ ।  यो पनि हेर्नुस् : नेपाल बैंकले प्रस्ताव गर्‍यो १७% लाभांश