माघ ७, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४६ प्रतिशत वृद्धि भएको हो । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. ६१ करोड ४० लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ९० करोड ५ लाख ४३ हजार पुगेको हो ।
चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ११ दशलमव शून्य २ रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १६ दशमलव १७ पुगेको हो ।
त्यसैगरी कम्पनीको चुक्तापूँजी रू. ११ अर्ब १३ करोड ९६ लाख रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ३ अर्ब ८३ करोड ३८ लाख ९२ हजार र रिटेण्ड अर्निङमा रू. ४४ करोड ४९ लाख १६ हजार सञ्चित गरेको हो । सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू. ४ करोड ४४ लाखभन्दा बढी रहेको छ ।
त्यसैगरी कम्पनीको मूल्य आम्दानी अनुपात १७ दशमलव ४४ टाइम्स, तरलता अनुपात २१ दशमलव ६० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३८ दशमलव ४० रहेको छ ।
यो पनि हेर्नुस् :
एनसीसी बैंकको नाफा साढे ५% घट्यो