सनराइज बैंकको नाफा १२ प्रतिशतले वृद्धि, स्प्रेडमा भारी कटौतीले खुद ब्याज आम्दानी भने प्रभावित

काठमाडौं। सनराइज बैंकको खुद ब्याज आम्दानी सामान्य घटेपनि खुद नाफामा भने सुधार देखिएको छ। बैंकले अन्य आम्दानीमा वृद्धि गरेर

सम्बन्धित सामग्री

खुद ब्याज आम्दानी बढे पनि यस कारण घट्यो मुक्तिनाथ विकास बैंकको नाफा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २१ प्रतिशत घटेको छ । गत आवमा रू. १ अर्ब २ करोड नाफा कमाएको बैंकले चालू आवमा रू. ८० करोड ६२ लाखमात्र नाफा कमाएको हो । चालू आवमा कम्पनीको इम्पेरिमेन्ट चार्ज र सञ्चालन नाफा पनि बढेको छ । गत आवमा रू. १० करोड ७ लाख रहेको कम्पनीको इम्पेरिमेन्ट चार्ज चालू आवमा रू. ७७ करोड ९० लाख पुगेको छ । सोही कारण कम्पनीको सञ्चालन नाफा २१ प्रतिशत घटेको हो ।  त्यस्तै गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी २६ प्रतिशत वृद्धि भएको छ । गत आवमा रू. २ अर्ब ४० करोड खुद ब्याज आम्दानी गरेको कम्पनीले चालू आवमा यो आम्दानी रू. ३ अर्बभन्दा बढी पुर्‍याएको छ । चालू आवमा कम्पनीको नाफासँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी २१ रुपैयाँ १९ पैसा रहेकोमा चालू आवमा घटेर रू. १६ दशमलव ७४ मा कायम भएको हो । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात २४ दशमलव १३ गुणा, तरलता अनुपात २४ दशमलव ४७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३७ दशमलव ४९ रहेको छ ।  १३ दशमलव ५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब ४२ करोड पुगेको छ । त्यस्तै कम्पनीले जगेडामा रू. २ अर्ब ४४ करोडभन्दा बढी सञ्चित गरेको छ । रिटेन्ड अर्निङ भने कम्पनीको रू. ३ करोड ५२ लाख ऋणात्मक रहेको छ । त्यस्तै कम्पनीको वितरणयोग्य नाफा पनि रू. ३ करोड ५२ लाख ऋणात्मक रहेको छ ।   रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

राष्ट्रिय वाणिज्य बैंकको नाफा ५ अर्ब नाघ्यो

खुद ब्याज आम्दानी वृद्धिसँगै सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन रकमबाट राइटब्याक गर्दा राष्ट्रिय वाणिज्य बैंकको नाफा बढेको छ ।

नबिल बैंकको नाफा करिब ५ अर्ब

खुद ब्याज आम्दानी वृद्धिसँगै सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन रकम घट्दा नबिल बैंकको नाफा बढेको छ । गत आबको अन्तिम २७ असारमा नेपाल बंगलादेश बैंकलाई गाभेर एकीकृत कारोबार सुरु गरेको थियो ।

ब्याज आम्दानी वृद्धिसँगै बढ्यो सिद्धार्थ बैंकको नाफा

गत आर्थिक वर्ष २०७८/७९ मा सिद्धार्थ बैंकले ३ अर्ब रुपैयाँभन्दा बढी मुनाफा आर्जन गरेको छ ।

ब्याज तथा अन्य आम्दानीमा वृद्धि हुँदा ४४ प्रतिशतले बढ्यो एभरेष्ट बैंकको नाफा

१२ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा एभरेष्ट बैंकको नाफा ४३.७७ प्रतिशतले वृद्धि हुँदा साढे दुई अर्ब नाघेको छ । तरलता (लगानी योग्य पुँजी) अभावका बीच बैंकको व्यवसाय विस्तार र स्प्रेड रेमा भएको वृद्धिले बैंकको खुद ब्याज आम्दानी र शुल्क तथा अन्य आम्दानीमा उल्लेख्य वृद्धि भएको छ । जसले बैंकको सञ्चालन मुनाफा सँगै […]

ग्लोबल आईएमई बैंकको नाफा बढ्यो

ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा ५ अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।यसै अवधिमा ४ अर्ब १६ करोड ५१ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै वृद्धि भएकाले खुद नाफा पनि बढ्न सहयोग पुगेको हो । खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले बढेर १० अर्ब ७४ करोड ६ लाख १८ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि २६.९० प्रतिशतले बढेर ७ अर्ब ५६ करोड १ लाख ५० हजार रुपैयाँ पुगेको छ । यसको प्रति सेयर

खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै एनएमबि बैंकको नाफा बढ्यो

वैशाख ७, काठमाडौं । एनएमबि बैंकले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५ दशमलव ९१ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. २ अर्ब ५१ करोड खुद नाफा गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २ अर्ब ६६ करोड पुगेको हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २ प्रतिशत र सञ्चालन नाफा ४ प्रतिशत वृद्धि भएको हो । कम्पनीको चुक्ता पूँजी रू. १८ अर्ब ३६ करोड रहेको छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ५ अर्ब ३७ करोडर रिटेण्ड अर्निङमा रू. २ अर्ब ३७ करोड सञ्चित गरेको हो । सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू. १ अर्ब ३२ करोड रहेको छ । त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू. १९ दशमलव २९, मूल्य आम्दानी अनुपात (वार्षिक) २१ दशमलव १७ गुणा र प्रतिशेयर नेटवर्थ रू. १४७ दशमलव ७७ रहेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा झण्डै ५९ प्रतिशतले बढ्यो

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा झण्डै ५९ प्रतिशतले बढेको छ । बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा २६ करोड १८ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको हो । यस्तो नाफा बैंकले अघिल्लो वर्षको सोही अवधिमा १६ करोड ४८ लाख ५ हजार रुपैयाँ कमाएको थियो । जुन अघिल्लो वर्षको तुलनामा यस वर्ष ५८.८७ ले बढी हो । बैंकले अघिल्लो महिना अर्थात् पुस मसान्तसम्म २६ करोड १८ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै, बैंकले समीक्षा अवधिमा खुद ब्याज आम्दानी ४६.८१ प्रतिशतले वृद्धि गर्दै

सनराइज बैंकको नाफा डेढ अर्ब नाघ्यो

काठमाडौं । सनराइज बैंकको नाफा डेढ अर्ब नाघेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सनराइजको नाफा १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।कोरोना भाइरसको महामारीले समग्र क्षेत्रमा प्रभाव पारे पनि बैंकिङ्ग क्षेत्रले भने नाफा कमाउन सफल भएको छ । सनराइजको नाफा अघिल्लो वर्षको भन्दा १०.५५ प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । असार मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा ६० करोड १५ लाख रुपैयाँ कायम भएको छ ।यसअवधिमा बैंकको खुद ब्याज आम्दानी ८.७७ प्रतिशतले घटेको छ