काठमाडौं : करिब एक महिनादेखि काठमाडौ उपत्यकाको फोहोर नियमित उठ्न सकेको छैन। उपत्यकाका सडक,चोक तथा गल्लीहरू फोहोरले भरिन थालेका छन्।सडक आसपासमा थुपारिएको फोहोरले सहर नै दुर्गन्धित बनिरहेका छन्। तर फोहोर व्यवस्थापन गर्न छाडेर काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालय भने एक अर्काको थाप्लामा यसको दोष थुपार्नमा व्यस्त छन्।३ वर्षका लागि मात्र फोहोर फाल्न स्वीकृति लिएको सिसडोल अस्थायी ल्याण्डफिल साइट १६ वर्षसम्म पनि लगातार प्रयोगमै छ। तर, त्यहाँ फोहोर फ्याँक्न निकै कठिन दे