कपिलवस्तु : विजयनगर गाउँपालिकाको शिव मावि डालपुरको कक्षा १० मा अध्ययन गर्ने रन्जु कुर्मीलाई पानी परेपछि विद्यालय जान नपाएला भन्ने चिन्ता हुन्छ।विद्यालय पुग्दा बाटोमा पर्ने खोलामा पुल नहुँदा विद्यालय आवतजावतमा सकस छ। वर्षातका वेला खोलामा आउने बाढीले विद्यार्थीलाई समस्या हुँदै आएको छ। खोला पार गर्दा बाटो चिप्लो हुने भएकाले पटक पटक विद्यार्थीहरू लड्ने गरेको कुर्मीले बताइन्।‘लड्दा कति जनाको त झोला र किताब भिजेका छन्, सरकारले पुल बनाइदिए सजिलो हुने थियो,’ कुर्मील