नपत्याएको खोलाले बगाएको मनाङ

‘नपत्याउने खोलाले बगाउँछ’ भन्ने उखानै छ । हो, हिमालपारिको जिल्ला मनाङका बासिन्दाले मस्र्याङ्दी र आसपासका खहरेमा यस्तो बाढी आउला र घरबारै बगाउला भनेर कहिल्यै सोचेका थिएनन्, सधैंजसो काठे र झोलुंगेपुलबाट वारपार गरिरहेका उनीहरुलाई खोलाले बगाउला भन्ने त पत्यार...

सम्बन्धित सामग्री

मनाङका विद्यालय भवन सेनाले बनाउने

मनाङ । बाढीपहिरोका कारण क्षति पुगेका मनाङका विद्यालय नेपाली सेनाले बनाउने भएको छ । बाढीपहिराले क्षति पुर्‍याएका जिल्लाका विद्यालय भवन बनाउन नेपाली सेना तयार भएको हो । गत असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढीले क्षति पुर्‍याएका चार विद्यालयको भौतिक पूर्वाधार निर्माण सेनाले गर्ने भएको शिक्षा विकास तथा समन्वय एकाइले बताएको छ । नासों गाउँपालिका–१ ताल गाउँस्थित भानु मावि, नासों–६ थोंचेस्थित प्रकाशज्योति मावि, नासों–३ स्थित धारापानी आधारभूत विद्यालय र चामे गाउँपालिका–४ स्थित लोकप्रिय माविको भवन निर्माण सेनाले बनाउने बताइएको छ ।      जिल्लाका नमूना विद्यालयका रूपमा रहेका लोकप्रिय माध्यमिक विद्यालय र प्रकाशज्योति माध्यमिक विद्यालयको आधा भाग बाढीले बगाएको छ । बाढीका कारण क्षति पुगेका विद्यालयमा पठनपाठन गराउन सकिने अवस्था नरहेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नारायणप्रसाद रेग्मीले बताए । चार ओटामात्रै माध्यमिक विद्यालय रहेको मनाङका विद्यालयमा नदी पसेपछि विद्यार्थीको भविष्य अनिश्चित बनेको छ । बाढीपहिरोले सडक सञ्जालबाट विच्छेद रहेका विद्यालय भवन निर्माणका लागि सेनाले सहयोग गर्ने भएको उनले जानकारी दिए । कोरोनासँगै बाढीपहिराको जोखिममा रहेका बालबालिकाको पढाइ नै अनिश्चित भएपछि सेनाले विद्यालय भवन निर्माण सहयोग गर्ने तत्परता देखाएको हो । नासों–१ ताल गाउँस्थित भानु माध्यमिक विद्यालयमा हालसम्म पनि मस्र्याङ्दी नदी बगिरहेको छ । ताल गाउँको बस्तीसँगै विद्यालय पनि पूर्णरूपमा जोखिममा छ । बाढीका कारण तीन माध्यमिक र एक आधारभूत विद्यालयमा क्षति पुगेको छ । यी विद्यालयमा पठनपाठन गराउन सक्ने अवस्था नरहेको बताइएको छ । त्यस्तै नासों–६ थोंचेस्थित डाँडाको टाकुरामा रहेको प्रकाशज्योति माध्यमिक विद्यालयलाई एकतर्फ मस्र्याङ्दी नदी र अर्कोतर्फ दूध खोलाले क्षति पुर्‍याएको छ । जिल्लाका चार माध्यमिक विद्यालयमा मनाङ ङिस्याङ गाउँपालिका–६ मनाङ गाउँस्थित अन्नपूर्ण माध्यमिक विद्यालय मात्रै बाढीबाट जोगिएको रेग्मीले जानकारी दिए । सदरमुकामस्थित चामे–४ को नमूना विद्यालय लोकप्रिय माध्यमिकको भवनमा मर्स्याङ्दी नदीको बाढीले पूर्णरूपमा क्षति पुगेको छ । कहिलेदेखि विद्यालयको भवन निर्माण थाल्ने, भौतिक संरचना निर्माण आवश्यक पर्ने सामग्री कसरी क्षति पुगेको स्थानसम्म पुर्‍याउनेलगायत प्राविधिक तथा सामाजिक, विधिगत विषयमा नेपाली सेनासँग छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानले जानकारी दिएका छन् । ‘सडक सञ्जालबाट पूर्णरूपमा वञ्चित भएका छौं, विद्यालय विद्यार्थीको भविष्य निर्माणका लागि आवश्यक छ,’ उनले भने, ‘सडक सञ्जाल निर्माण छिटो भए सहज हुने थियो, पहल गरिरहेका छौं, अझैसम्म पनि वर्षा हुने क्रम जारी रहँदा समस्या थपिएको छ ।’ रासस

बाढीपहिरोका कारण गाउँ पुग्न तुइनको सहारा

मनाङ– असार १ गते बाढीपहिरोले नासो गाउँपालिकामा सबैभन्दा बढी क्षति पुगेको छ । बाढीपहिरोले सबैभन्दा बढी क्षति पुर्‍याएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेको गाउँ पुग्न नै मुस्किल भएको छ अहिले । चारैतिर नदी, खोलाले घेरिएको नासों गाउँपालिका–८ ताचै पुग्न ज्यान नै जोखिममा राख्नुपर्ने अवस्था छ । “पानी पर्न अझै पनि रोकिएको छैन, नदी, खोला, खोल्साको बहाव […]

बाढीको कहरमा मनाङ : ‘बेहाल छ यता, क्षतिको कुरै नगरौँ’

चामे गाउँपालिकाका प्रमुख प्रशासशकीय अधिकृत नरबहादुर चन्दका अनुसार दिउँसो एक बजेपछि सदरमुकाम चामेबजारको नयाँबजारमा भागाभाग भयो । सदरमुकाम जोड्ने पुल खोलाले बगाएकाले आवातजावत ठप्प छ

घोप्टे खोलामा बेलीब्रिज निर्माण‚ लमजुङ-मनाङ सडक सञ्चालन

लमजुङ : लमजुङको मर्स्याङदी गाउँपालिका–४, ताघ्रिङमा रहेको घोप्टे खोलामा बेलीब्रिज निर्माण सम्पन्न भएको छ। बेलीब्रिज निर्माण सम्पन्न भएपछि दुई महिनादेखि अवरुद्ध लमजुङ–मनाङ सडकमा सवारी आवागमन सञ्चालन भएको छ। खोलाले गहिरो बनाएर सडक बगाएपछि यस सडकमा सवारी साधन सञ्चालन रोकिएको थियो। खोलामा तत्काल बेलीब्रिज राख्ने स...

बाढीले मनाङ-लमजुङ सडक पुनः अवरुद्ध

मनाङ : बाढीले हिमाली जिल्ला मनाङसँग जोड्ने लमजुङको बेँसीशहर–चामे सडक पुनः अवरुद्ध भएको छ। बुधबार साँझदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बिहीबार मनाङ–लमजुङ जोड्ने उक्त सडकखण्डमा अवरुद्ध भएको हो। सडकखण्ड अन्तर्गत लमजुङस्थित मर्स्याङ्दी गाउँपालिका–४ मा रामबजार खोलाले सडक बगाएपछि आवागमन रोकिएको छ। ...

टुट्यो लमजुङ–मनाङ सडक सम्बन्ध

लमजुङ र मनाङ सिमानामा पर्ने म्यार्दी खोलामा निर्माणाधीन मोटरेबल पुल खोलाले बगाएको छ । आइतबार दिउँसो आएको बाढीले लमजुङको मस्र्याङदी–४ र मनाङको नासोङ–१, सिमानामा बग्ने म्यार्दी खोलाले मोटरेबल पुल बगाएको हो ।