खोलाले बगाउँदा वृद्धको मृत्यु

धनकुटाको चौबिसे गाउँपालिका ५ बज्रमाइमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । छरुवा खोलाले बगाउँदा स्थानीय ७१ वर्षीय वृद्ध भुवनसिंह खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दीपककुमार रायले जानकारी दिए । खोला तर्ने क्रममा विहान खोलाले बगाएका उनको दिउँसो शव फेला परेको प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

उदयपुरमा खोलाले बगाउँदा वृद्धको मृत्यु

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका सातधारेमा आज स्थानीय हवारखोलाले बगाउँदा ६५ वर्षीय वृद्धाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार खोलाले बगाएर बेल्टार, मदनचोकका गुमशेर राईको मृत्यु भएको हो । बिहान १०ः०० बजेतिर अर्काे गाउँ जान खोला तर्ने क्रममा बाढीले राईलाई बगाएको थियो । घटना घटेलगत्तै इलाका प्रहरी बेल्टार र स्थानीयवासीले...

पर्वतमा खोलाले बगाएर एक वृद्धको मृत्यु

२ साउन, पर्वत । पर्वतमा खोलाले बगाउँदा मंगलबार साँझ एकजनाको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–११ स्थित जहरे खोलाले बगाउँदा सोही ठाउँका ६० वर्षीय मनिराम विकको मृत्यु भएको हो । कुस्मा नगरपालिका वडा नं ११ र १४ को बीचमा पर्ने गंगटेमा साँझ ७ बजेको समयमा विकलाई खोलाले बगाएको हो । खेतमा काम …