ग्वार्को फ्लाईओभर निर्माण गर्न ठेक्का सम्झौता हुँदै

काठमाडौं । चक्रपथको कलंकी–कोटेश्वर सडकखण्डको ग्वार्कोमा फ्लाईओभर निर्माण गर्न २ साताभित्र सडक विभाग र निर्माण कम्पनी आशिष–समानान्तर–रेलिगेयर जेभीबीच सम्झौता हुने भएको छ । इन्जिनीयरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्शन (ईपीसी) पद्धतिमा आगामी २ वर्षभित्र फ्लाईओभर सम्पन्न गर्ने गरी विभागले ठेक्का सम्झौता गर्न लागेको हो । चक्रपथको कंलकी–कोटेश्वर सडकखण्डको ग्वार्को चोकमा चार लेनको फ्लाईओभर बनाउन सडक विभागले गत असारमा टेन्डर निकालेको थियो । विभागअन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले गत बुधवार कम बीड प्रस्ताव गर्ने उक्त जोइन्ट भेन्चर कम्पनीसँग ठेक्का गर्न सम्झौता गरिने केन्द्रका निर्देशक प्रभातकुमार झाले जानकारी दिए । अबको २ साताभित्र ठेक्का पाएको उक्त कम्पनीसँग ईपीसी पद्धतिमा ग्वार्को फ्लाईओभर निर्माण १७ करोड लगानीमा हुनेछ । ‘ग्वार्कोमा बन्ने फ्लाईओभर सम्झौताको चरणमा छ,’ झाले भने, ‘सातदोबाटो र एकान्तकुनामा बन्ने फ्लाइओभरका लागि आर्थिक सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरेका छौं ।’ १ महीनाअघि यी दुई स्थानका फ्लाईओभरको लागि स्रोत सुनिश्चितता गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरिएको उनले जानकारी दिए । चक्रपथकै एकान्तकुना र सातदोबाटोमा बन्ने फ्लाईओभरको विभागले अध्ययन तथा डिजाइन गरिसकेको छ । यद्यपि ती फ्लाईओभर पनि ईपीसी पद्धतिमा निर्माण हुने उनको भनाइ छ । अर्र्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेमा यो चालू आर्थिक वर्षमै ती २ फ्लाईओभर निर्माणका लागि ठेक्का आह्वान गर्ने तयारी गरिएको छ । यसैगरी गौशाला र कोटेश्वरमा बन्ने फ्लाइओभरको पनि अध्ययन भएको छ भने बानेश्वरमा बन्ने भनिएको फ्लाइओभरको अध्ययन भइरहेको झाले बताए । काठमाडौं उपत्यकामा बढ्दो सवारी चाप र ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै आएका बेला लामो समयदेखि चर्चामा रहेको फ्लाइओभर परियोजना अघि बढेको हो । खासगरी फ्लाइओभर भनिए पनि विकसित देशमा जस्तो जटिलखाले संरचना नभई साधारणखालको ३५ मीटरको पुल बनाउने गरी विभागले डिजाइन तयार गरेको थियो । यद्यपि ईपीसी पद्धतिमा बन्ने भएपछि अब अन्तिम डिजाइन भने निर्माण कम्पनीले नै तयार गर्नेछ । चक्रपथको पहिलो खण्डको कलंकी–कोटेश्वर सडक चीन सरकारको सहयोगमा ८ लेनको बनिसकेको छ । त्यही सडकखण्डको ग्वार्काे चोकमा ४ लेनमा फ्लाईओभर बन्नेछ । ४५५ मीटर लामो फ्लाईओभरमध्ये उक्त सडकमाथि ३५ मीटरको पुल बन्नेछ । चालू आर्थिक वर्षमा अर्थ मन्त्रालयबाट उक्त फ्लाईओभर बनाउन रू. ३४ करोडको स्रोत सुनिश्चितता पाइसकेको छ ।

सम्बन्धित सामग्री

‘भरतपुर मेट्रो प्लाजा’ को ठेक्का सम्झौता तोडियो, एक करोड २० लाख धरौटी जफत

निजी क्षेत्रको सहकार्यमा तीन अर्बको लगानीमा निर्माण गर्ने भनिएको ‘भरतपुर मेट्रो प्लाजा’को ठेक्का सम्झौता तोडिएको छ।...

काठमाडौँ तराई-मधेस द्रुतमार्ग : सात प्याकेजको ठेक्का सम्झौता भई निर्माण सञ्चालन

काठमाडौँ– उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौँलाई तराई–मधेससँग छोटो दूरीमा जोड्ने ७२.५ किमी दूरीको द्रुतमार्ग आयोजनालाई १३ वटा प्याकेज बनाई अन्तर्राष्ट्रिय बोलपत्रमार्फत अघि बढाइएको जानकारी दिए ।  उनले भने, ‘हालसम्म सात प्याकेजको ठेक्का सम्झौता भई निर्माण सञ्चालनमा छ । तीन वटा प्याकेजको बोलपत्र प्रकाशन भई मूल्यांकनको चरणमा छ । बाँकी प्याकेज ड्रइङ, डिजाइनको कार्य अघि […]

भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

काठमाडौँ – दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएर सुरु भएको भक्तपुर–नगरकोट सडकखण्ड विस्तार कार्य आठ पटक म्याद थप गर्दा पनि सम्पन्न नभएपछि रद्द गरिएको छ । विसं २०७३ असार ३ गतेसम्म सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी २०७१ साल जेठ २२ गते पहिलो ठेक्का सम्झौता गरी निर्माण सुरु भएको १५ किलोमिटर छ सय ६० […]

ग्वार्कोमा फ्लाईओभर : ठेक्का सम्झौता हुँदै

चक्रपथको कलंकी–कोटेश्वर सडकखण्डको ग्वार्कोमा फ्लाईओभर निर्माण गर्न २ साताभित्र सडक विभाग र निर्माण कम्पनी आशिष–समानान्तर–रेलिगेयर जेभीबीच सम्झौता हुने भएको छ । इन्जिनीयरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्शन (ईपीसी) पद्धतिमा आगामी २ वर्षभित्र फ्लाईओभर सम्पन्न गर्ने गरी विभागले ठेक्का सम्झौता गर्न लागेको हो । चक्रपथको कंलकी–कोटेश्वर सडकखण्डको ग्वार्को चोकमा चार लेनको फ्लाईओभर बनाउन सडक विभागले गत असारमा टेन्डर निकालेको थियो । विभागअन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले गत बुधवार कम बीड प्रस्ताव गर्ने उक्त जो...

ठेक्का सम्झौता भएको २९ महिनामा पनि पुल निर्माण सुरु भएन

मालिका र धवलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल बनाउन ठेक्का सम्झौता भएको २९ महिनासम्म पनि काम सुरु भएको छैन । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारबाट धवलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना जोड्ने सडकअन्तर्गत फेदीस्थित दाङखोलामा मोटरेबल पुल बनाउन विसं २०७६ जेठ २२ गते ठेक्का सम्झौता गरिएको थियो । मालिका–५ र धवलागिरि–७ को सिमानामा पर्ने फेदीमा १८ मिटर लामो पुल बनाउन पूर्वाधार विकास कार्यालय म्याग्दी र इन्द्रेणी–फेवा जेभी पोखराबीच रु एक करोड ९३

ठेक्का सम्झौता भएको २९ महिनामा पनि पुल निर्माण सुरु भएन

म्याग्दी । मालिका र धवलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल बनाउन ठेक्का सम्झौता भएको २९ महिनासम्म पनि काम सुरु भएको छैन । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारबाट धवलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना जोड्ने सडकअन्तर्गत फेदीस्थित दाङखोलामा मोटरेबल पुल बनाउन विसं २०७६ जेठ २२ गते ठेक्का सम्झौता गरिएको थियो । मालिका–५ र धवलागिरि–७ को […]

गोरखा दरबार पुनर्निर्माणको जिम्मा पाएको कम्पनीसँग ठेक्का सम्झौता रद्द

१२ साउन, गोरखा । गोरखा दरबार पुनर्निर्माणको जिम्मा पाएको निर्माण कम्पनीसँग पुरातत्व विभागले ठेक्का सम्झौता तोडेको छ । तीन पटकसम्म म्याद थप गर्दा पनि काम सम्पन्न गर्न नसकेपछि सम्झौता तोडिएको विभागले जनाएको छ । ‘दरबारको बाह्य संरचनाको काम लगभग सकिए पनि भित्री काम अझै बाँकी छ,’ विभागकी पुरातत्व अधिकृत मञ्जु सिंह भण्डारीले भनिन्, ‘बीओपी अनुसार […]

काठमाडौं–तराई द्रुतमार्गः सुरुङमार्ग बनाउन ५० अर्बको ठेक्का सम्झौता

काठमाडौं / काठमाडौं–तराई द्रुतमार्ग (फाष्ट ट्र्याक)मा बन्ने सुरुङमार्गसहितका विशेष पुल निर्माण गर्न नेपाली सेनाले दुई चिनियाँ कम्पनीसँग शुक्रवार ठेक्का सम्झौता गरेको छ । रू. ५० अर्ब १४ करोड लगानीमा साढे ३ वर्षभित्र सुरुङमार्गसहितका विशेषखालका पुल निर्माण गर्न सेनाले चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पाेरेशन लिमिटेड र पोली च्याङ्दा इन्जिनियरिङ कर्पाेरेशन लिमिटेडसँग ठेक्का सम्झौता गरेको... The post काठमाडौं–तराई द्रुतमार्गः सुरुङमार्ग बनाउन ५० अर्बको ठेक्का सम्झौता appeared first on Purbeli News.

काठमाडौं–तराई द्रुतमार्गः सुरुङमार्ग बनाउन ५० अर्बको ठेक्का सम्झौता

काठमाडौं–तराई द्रुतमार्ग (फाष्ट ट्र्याक)मा बन्ने सुरुङमार्गसहितका विशेष पुल निर्माण गर्न नेपाली सेनाले दुई चिनियाँ कम्पनीसँग शुक्रवार ठेक्का सम्झौता गरेको छ । रू. ५० अर्ब १४ करोड लगानीमा साढे ३ वर्षभित्र सुरुङमार्गसहितका विशेषखालका पुल निर्माण गर्न सेनाले चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पाेरेशन लिमिटेड र पोली च्याङ्दा इन्जिनियरिङ कर्पाेरेशन लिमिटेडसँग ठेक्का सम्झौता गरेको हो ।संघीय संसद्को सार्वजनिक लेखा समितिले सुरुङमार्गको दोस्रो प्याकेजको पूर्वयोग्यता (पीक्यू)मै अ

५० ठाउँमा विद्युतीय गाडीको चार्जिङ स्टेशन बनाउन ठेक्का सम्झौता

काठमाण्डाै – सात प्रदेशका विभिन्न ५० ठाउँमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेशनको आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मत सम्भारका लागि ठेक्का सम्झौता भएको छ । नेपाल विद्युत् प्राधिकरणको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना र अन्तर्राष्ट्रिय टेण्डरबाट छनोट भएको चीनको वाङवाङ डिजिटल इनर्जी कर्पोरेशन लिमिटेड, जियाङ्स बीच मङ्गलवार ३७ करोड ७९ लाख ५५ हजार रुपियाँमा (करबाहेक) ठेक्का सम्झौता भएको हो । एसियाली विकास बैंकको सहयोगमा निर्माण गर्न लागिएको चार्जिङ स्टेशन एक वर्षभित्रमा सक्ने गरी ठेक्का सम्झौता गरिएको छ । ...