किन कमजोर देखियो कृषि विकास बैंकको वित्तीय विवरण ?

३० साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७८/०७९ मा अधिकांश वाणिज्य बैंकहरुको नाफा वृद्धि हुँदा कृषि विकास बैंकले भने नाफा घटेको वित्तीय विवरण प्रकाशित गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को तुलनामा आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरुको औसत नाफा २३ प्रतिशत वृद्धि भएको छ । कृषि विकास बैंकको नाफा भने २३.७४ प्रतिशतले घटेको छ […]

सम्बन्धित सामग्री

कृषि विकास बैंकले सच्यायो प्रतिशेयर वितरणयोग्य आम्दानी

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको प्रतिशेयर वितरणयोग्य आम्दानी १४ रुपैयाँ ९२ पैसा रहेको भन्दै यसअघिको विवरणलाई सच्याएको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिसम्मको प्रतिशेयर वितरणयोग्य आम्दानी २६ रूपैयाँ २७ पैसा रहेको समेत प्रष्ट पारेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण साउन २० गते सार्वजनिक गरेको थियो । उक्त वित्तीय विवरण अनुसार बैंकले सो अवधिसम्म ३ अर्ब ९ करोड ९३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।  अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा बैंकको खुद नाफा गत वर्ष ३९ दशमलव २५ प्रतिशत बढी भएको हो । अघिल्लो वर्षको तुलनामा बैंकको वितरणयोग्य नाफा भने गत वर्ष कम भएको छ । अघिल्लो वर्ष ३ अर्ब ५२ करोड १७ लाख रुपैयाँभन्दा बढी रहेको वितरणयोग्य नाफा गत वर्ष २ अर्ब ७१ लाख रुपैयाँभन्दा बढी मात्र रहेको हो । बैंकले अघिल्लो वर्षभन्दा करीब २० प्रतिशत बढी १ खर्ब ९९ अर्ब ४८ करोड ६६ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने शून्य दशमलव ९३ प्रतिशत कम १ खर्ब ७१ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा २ दशमलव शून्य ९ प्रतिशत रहेको अघिल्लो वर्ष गत वर्ष २ दशमलव ४८ प्रतिशत कायम भएको छ ।

कृषि विकास बैंकको साधारणसभा आह्वान, यस्ता छन् १० बुँदे प्रस्ताव

कृषि विकास बैंक Agriculture Development Bank Limited  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २९ गते बिहिबार भर्चुअल माध्यमबाट सभा गर्न लागेको हो ।सभामा  लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजिमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम समेत प्रदान गर्ने प्रस्ताव बैंकले गरेको छ।  कम्पनीको वार्षिक साधारण सभाले पारित उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । बैंकले साधारणसभा प्रयोजनको लागि पुस १६ देखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : सामान्य प्रस्तावहरु :१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने । २. लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७७/०७८ को वासलात, सोही अवधिको नाफा नोक्सान हिसाव, ईक्विटमा भएको परिवर्तन,नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूचीहरु लगायत वार्षिक आर्थिक विवरणहरु छलफल गरी पारित गर्ने । ३. यस बैंकको सहायक कम्पनीहरु कोष व्यवस्थापन कम्पनी लि. तथा गोबर ग्याँस कम्पनी र सम्वद्ध कम्पनी साना किसान विकास लघुवित्त वित्तीय संस्था को आ.ब. २०७७/०७८ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने ।४. सञ्चालक समितिको प्रस्ताव बमोजिम साधारण चुक्ता पूँजीमा वोनस प्रदान गर्दा वोनश शेयरमा लाग्ने कर वापत प्रति शेयर १.०५२६ प्रतिशत नगद लाभांश र अविमोच्य असंचिति अग्राधिकार (Non Convertible Irredeemable Preference share) शेयरधनीलाई चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृत गर्ने । ५. आर्थिक वर्ष २०७८/०७९ को लागि महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षक नियुक्तिको लागि परामर्श प्राप्त हुने लेखापरीक्षकलाई यस बैंकको लेखापरीक्षकमा नियुक्ति गर्ने तथा पारिश्रमिक र सेवा शर्त तोक्ने ।विशेष प्रस्ताव : (१) साधारण शेयरधनीहरुलाई साधारण चुक्ता पूँजीको २० प्रतिशत वोनस शेयर प्रदान गर्ने सम्बन्धी संचालक समितिको प्रस्ताव पारित गर्ने । (२) विशेष प्रस्ताव नं. (१) बमोजिमको वोनस शेयर प्रस्ताव गरिएकोमा सो समेत समायोजन हुने गरि बैंकको अधिकृत पूँजी तथा जारी र चुक्तापूँजी वृद्धि गर्ने विषयहरु समावेश गरिएको बैंकको प्रवन्धपत्र र नियमावलीको तत्सम्बन्धि दफा/नियम एवं उप-दफा/उप-नियमहरु संशोधन तथा थप गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।३. पुँजी वृद्धि सम्बन्धी बैंकको प्रवन्धपत्रको दफा ५ को उप-दफा (१), (२) र (३) तथा दफा ७ को उप-दफा (२) को खण्ड (क) र (ख) मा संशोधन तथा थप गर्ने सम्बन्धी सञ्चालक समितिको प्रस्ताव स्वीकृत गर्ने । (४) पूँजी वृद्धि सम्बन्धी बैंकको नियमावलीको नियम ५ को उप-नियम (१), (२) र (३), नियम ७ को उप-नियम (१) को खण्ड (क) र (ख) मा संशोधन तथा थप गर्ने सम्बन्धी सञ्चालक समितिको प्रस्ताव स्वीकृत गर्ने ।५. प्रबन्धपत्र तथा नियमावलीमा प्रचलित कानुन बमोजिम संशोधन गर्नु पर्ने भएमा वा नियमनकारी निकायबाट संशोधन गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन तथा संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने ।

कम्पनी बुुझी लगानी गरौं

स्रोत संकलनको प्रमुख साधन शेयरबजार हो । त्यसो त पूँजी विकासको साधन पनि हो । शेयर भनेको त लगानीको अंश वा अंशियार बन्नु हो । दीर्घकालीन अवधि १ वर्षभन्दा बढीका लागि लेनदेन गरिने बजारलाई पूँजी बजार वा शेयरबजार भनिन्छ तथापि शेयरबजारमा अल्पकालीन कारोबार पनि हुने गर्छ । शेयर २ प्रकारको हुन्छ । प्राथमिक बजार र दोस्रो बजार । प्राथमिक बजारमा कम्पनी वा संस्थावाट प्रथमपटक निष्कासित शेयर, ऋणपत्र आदि पर्छन् भने दोस्रो बजारमा प्राथमिक बजारबाट जारी भइसकेको शेयरहरूको किनबेच हुने गर्छ । पूँजी बजारको इतिहास हेर्दा नेपालमा विसं १९९४ मा नेपाल बैंक लिमिटेडको स्थापना र विराटनगर जुट मिलले प्रथमपटक सर्वसाधारणलाई धितोपत्र निष्कासन गरेपछि औपचारिक शुरुआत भएको पाइन्छ । त्यसपछि क्रमशः नेपाल औद्योगिक विकास निगम २०१६, कृषि विकास बैंक २०२४, कर्मचारी सञ्चय कोष २०१९ आदिको स्थापनासँगै पूँजीबजारले थप मलजल पाएर हुर्केको पाइन्छ । कम्पनी ऐन २०२१ को व्यवस्थाले सरकारी बोन्डको निष्कासन तथा पूँजीबजारको विकास र विस्तार गर्ने उद्देश्यबमोजिम विसं २०३७ मा सेक्युरिटी खरीद विक्री केन्द्रको स्थापनाले पूँजीबजारलाई मूर्तरूप दिएको पाइन्छ । सन् १९९३ पछि यसलाई नेपाल स्टक एक्सचेन्ज वा छोटकरीमा नेप्से भन्ने गरिन्छ । विसं २०५० जेठ २५ गते नेपाल धितोपत्र केन्द्रको स्थापनापश्चात् आधिकारिक रूपमा कारोबार शुरू भयो । हाल नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या लगभग ३ सयभन्दा बढी रहेका छन् । शेयर किनी सकेपछि आफ्नो डिम्याट खातामा शेयर प्राप्त भइसकेपछि जतिबेला बेच्न पनि सकिन्छ । कतिपयले शेयर किनेपछि केही दिनको अन्तरालमा विक्री गरी दैनिक जीवनयापन गरेको पाइन्छ । यसरी दीर्घकालीन वा अल्पकालीन कारोबारबाट हुने मनग्य आम्दानीले मानिसको आर्थिक उन्नति भई जीवनस्तरमा सुधार भएको देखिन्छ । हालको बजारमा साना लगानीकर्ताको बाहुल्य भएको हुँदा र अधिकांशले बजार विश्लेषण नगरी लगानी गर्ने हुँदा उनीहरू भविष्यमा घाटामा जान सक्छन् भन्ने चर्चा पनि छ । तर, बजार मूल्य माग र आपूर्तिको अन्तरक्रियाबाट निर्धारण हुने भएकाले शेयरको मूल्य बढ्न पनि सक्छ र घट्न पनि सक्छ । कम्पनीको वित्तीय अवस्था, उत्पादकत्व र नाफा हेरेर शेयर किन्नुपर्छ । । हाम्रो शेयरबजार यति संवेदनशील छ कि कसैले नकारात्मक टिप्पणी वा कुनै लेख प्रकाशित गर्‍यो भने पनि विनातथ्यगत कारण शेयरबजार ओरालो लाग्न थाल्छ । हकप्रदका लागि सेवोेनमा कम्पनीले निवेदन दिने निर्णय गर्‍यो रे भन्ने हल्ला आउनेबित्तिकै शेयरको मुूल्य वृद्धि भई सर्किट लाग्छ । यस परिघटनाबाट भर्खर बजार प्रवेश गरेका साना लगानीकर्ता र नवआगन्तुुकलाई निरुत्साहित बनाउँछ । लगानीकर्ता चाहे ठूलो, मध्यम वा सानो नै किन नहोस् उसले लगानीपूर्व कम्पनीको वित्तीय विवरण र अन्य पक्षका बारेमा बुुभ्झ्न जरुरी छ । सचेत लगानीकर्ता बजार हल्लाको पछि लाग्नुु हुुँदैन । नेपालको शेयरबजारलाई व्यवस्थित र भरपर्दो बनाउन विभिन्न नियम, कानून बनेको र अनुगमनकारी निकायका रूपमा धितोपत्र बोर्ड रहेको भए तापनि कानूनको एकातर्फ पर्याप्तता र उचित कार्यान्वयनको अभाव छ भने अर्कोतर्फ अनुगमन पर्याप्त देखिँदैन । कम्पनीहरूले यदाकदा नीति निर्देशनको पालना नगर्ने, शेयरको मूल्य बढाउन यथार्थ तथ्यांकलाई फरक पार्ने, नियमन निकायको अनुुमतिविना नै शेयर सम्बन्धी नीतिगत कुुराहरू सार्वजनिक गर्ने जस्ता सुुशासन विरोधी गतिविधिले शेयरबजारलाई अस्थिरतातर्फलैजान्छ । डिम्याट, धितोपत्र दलाल, आस्वाजस्ता कुराहरूको प्रयाप्त जानकारीविना शेयर कारोबार असम्भव छ । शेयरबजारको मुख्य केन्द्र काठमाडौं रहे तापनि सूचना प्रविधिको विकासको कारण देशका अधिकांश ठाउँबाट यसको कारोबार सम्भव छ । विदेशबाट समेत कारोबार भइरहेको छ । शेयर भनेको केहो ? यसको मूल्य कसरी निर्धारण हुन्छ ? कुन कम्पनीको वित्तीय अवस्था कस्तो छ ? शेयर किन किन्ने ? शेयर कतिबेला विक्री गर्दा नाफा होला ? शेयरको मूल्य किन घटबढ भइरहन्छ ? शेयरको घटबढले अर्थतन्त्रलाई कस्तो प्रभाव पार्छ ? भन्ने प्रश्नहरूको उत्तर खोज्न निकै कठिन छ । यसको उत्तरको राम्रो ज्ञान भएन भने शेयरबाट उचित प्रतिफल पाउन सकिँदैन र देशमा पूँजी परिचालन पनि सम्भव छैन । हालका दिनहरूमा अधिकांश कम्पनीको शेयर मूल्यमा वृद्धि देखिएको छ तर ती कम्पनीको नाफा भने मनग्य छैन । विगतलाई हेर्दा शेयर मूल्य निकै घटेको थियो । तर, कम्पनीहरूको नाफा रामै्र थियो । नाफा बढ्दा पनि शेयरको मूल्य किन बढ्दैन ? र नाफा घटी कम्पनी कमजोर अवस्थामा हुँदा पनि शेयरको मूल्य एकाएक किन बढ्छ ? यो कुरा अनुत्तरित छ । हामी शेयर किनबेच गर्दा कम्पनीको अवस्था, वासलात, नाफानोक्सान हेर्दैनाैं । मूल्य सूची र हल्लाको भरमा हामीले शेयर कारोबार गरिरहेको अवस्था छ । कृत्रिम अभाव, अवैध चलखेल अर्थात् कार्टेलिङ आदिका कारण नै शेयरबजार स्थिर हुनसकेको छैन, एक निश्चित कम्पनीको शेयर मूल्यमा स्थिरता छैन । शेयर धितो मार्जिनमा लचकताको फलस्वरूप शेयर कर्जा सहज, शेयरबजारमा प्र्रविधिको विकास र कोभिड–१९ का कारण वैकल्पिक लगानीका उपाय नहुनु, विप्रेषणको वृद्धिलाई पनि शेयरको मूल्य वृद्धिको कारक तत्त्वका रूपमा लिन सकिन्छ । तसर्थ धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जले जनस्तरमा चेतना जगाउने, शेयरसम्बन्धी साक्षरता जनमानसमा अभियानकै रूपमा अघि बढाउनेजस्ता काम गर्नु आवश्यक छ । यसो नभए नेपालको शेयरबजारमा शेयरको मूल्य कृत्रिम र हचुवाको भरमा चल्नेछ भन्ने कुरामा दुईमत नहोला । यसतर्फ सम्बद्ध निकायले बेलैमा सोच्ने बेला आएको छ । अन्यथा देशमा शेयरबजारले लिने दिशा वास्तविक तथ्यगत रूपमा थाहा पाउन कठिन हुन सक्छ भन्नुुमा दुुईमत नहोला । लेखक बैंक तथा वित्तीय संस्थासम्बन्धी विज्ञ हुन् ।