काठमाण्डाै - युक्रेनबाट पाँच सय ११ जना नेपाली सीमावर्ती छिमेकी देशमा पुगेका परराष्ट्र मन्त्रालयले जनाएको छ । अहिलेसम्म युक्रेनबाट पोल्यान्डमा चार सय तीन, स्लोभाकियामा ७१, रोमानियामा २७, हङ्गेरीमा ६ तथा मोल्दोभामा ४ जना नेपाली पुगेका छन् । उनीहरुलाई भारतीय उडानबाट स्वदेश ल्याउने तयारी छ ।
युक्रेनबाट निस्केका नेपाली नागरिकलाई भारत सरकारबाट सञ्चालित उडानमार्फत ल्याउनका लागि भारत सरकारलाई अनुरोध गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उद्धारका लागि भारतबाट सकारात्मक जवाफ प्राप्त भएको र युक्रेनको सुरक्षा अवस्थालाई ध्यान...