भक्तपुर अस्पतालमा खुलेको आइसियु सेवा बन्द

स्थापना भएको ११९ वर्षपछि पहिलोपटक सञ्चालनमा आएको भक्तपुर अस्पतालको बच्चाको आइसियु बन्द भएको छ । बागमती प्रदेश सरकारको बजेटमा यही फागुन १ गतेदेखि अस्पतालका तत्कालीन मेडिकल सुपिरटेन्डन्ट डा सुमित्रा गौतमले सञ्चालनमा ल्याएको २० शय्याको आइसियु बन्द भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । अस्पतालमा वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहे पनि बच्चाको आइसियु नहुँदा आकस्मिक अवस्थामा बिरामीलाई अन्य अस्पतालमा रेफर गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्यका साथ सञ्चालनमा ल्याइएको बच्चाको आइसियु मेसु सर

सम्बन्धित सामग्री

बागमती प्रदेश सरकार : ‘कोरोनाको तेस्रो लहरको जोखिमको आकलन गरेर पूर्वतयारी शुरू’

हेटौंडा । बागमती प्रदेश सरकारले कोभिड तेस्रो लहरको जोखिमको आकलन गरेर प्रतिकार्यको पूर्वतयारी शुरू गरेको सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले बताइएकी छिन् । मन्त्रालयमा शनिवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले  कोरोनाको तेस्रो चरणमा बालबालिका बढी प्रभावित हुन सक्ने चर्चा भएअनुरूप अस्पताललाई २० प्रतिशत बेड छुट्याएर राख्न निर्देशन दिइएको जानकारी दिइन् । ठोस योजना निर्माण गरेर महामारीको नियन्त्रण तथा उपचारलाई निरन्तरता दिँदै खोप कार्यक्रमलाई सशक्त पारिने उद्घोष उनले गरिन् । सरकारले प्रदेशभरका नागरिकलाई खोप लगाउन २ अर्ब बजेट विनियोजन गरिएको समेत उनले बताइन् । प्रदेशमा खोप कसरी व्यवस्थापन गर्ने भनेर लागिपरेको भन्दै उनले प्रदेश सरकारले सोझै खरीद गर्ने व्यवस्था बने सोझै नभए संघीय सरकारसँग सहकार्य गरेर प्रदेशका खोपका लागि उमेर पुगेका सबै नागरिकलाई खोप लगाइने बताइन् । मन्त्री बस्नेतले धादिङ अस्पतालको भवन, त्रिशूली अस्पताल नुवाकोटको आवास गृह निर्माण गरिएको, प्रदेश मातहतका जनस्वास्थ्य प्रयोगशाला, धुलिखेल अस्पताल, त्रिशूली अस्पताल, भक्तपुर अस्पताल, हेटौंडा अस्पताल, सिन्धुली अस्पताल र चरिकोट अस्पतालबाट नियमितरुपमा पिसिआर परीक्षण सेवा सञ्चालन भइरहेको, आठवटै अस्पतालबाट कोभिडको उपचारका लागि आइसोलेशन तथा त्रिशूली, भक्तपुर, हेटौँडा, धादिङ र सिन्धुली अस्पतालबाट आइसियु तथा एडियु सेवा प्रवाह भइरहेको बताइन् । साथै स्वास्थ्य कार्यालयहरूबाट रोकथाम र नियन्त्रणका कार्य भइरहेको उनको भनाइ छ ।