काठमाडौं महानगरपालिकाले अघिल्लो वर्ष नै खरिद सम्झौता गरेको तीनवटा दमकल नेपाल आइपुगेको छ । इन्डोनेसिया कम्पनीमा निर्मित तीनवटा दमकल वीरगञ्ज भन्सार कार्यालयमा आइपुगिसकेको र भोलिसम्ममा उक्त दमकल काठमाडौं आइपुग्ने महानगरपालिका विपद् व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जनकारी दिए । अघिल्लो वर्ष २०७८ साउन ३ गते मेयर विद्यासुन्दर शाक्यले महानगरको आफ्नै लगानीमा तीनवटा दमकल खरिद गर्न इन्डोनेशियन कम्पनीसँग सम्झौता गरेका थिए । ३ हजार प्लस ५०० लिटर पम्प क्षमताको तीनवटा दमकल खरिदका लागि कम