काठमाडौं : पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा दायर गरेका दुई वटा रिट हेर्न नभ्याइने सूचीमा परेको छ।सुनुवाइका लागि न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको संयुक्त इजलासमा पेशी तोकिएको रिट हेर्न नभ्याइने सूचीमा परेको हो। ओलीले निर्वाचन आयोग, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती, प्रदेश सभा सदस्यहरूलगायतलाई विपक्षी बनाएर १७ भदौमा तीनवटा छुट्टाछुट्टै रिट दायर गरेका थिए
मुख प्रतिपक्षी दल नेकपा (एमाले) ले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ ।
बुधबार एमालेका अध्यक्ष केपी शर्मा ओली आफैँ सर्वोच्च अदातलमा उपस्थित भएर तीनवटा रिट निवेदन दिनुभएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।