नेपाली काँग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा पुनः मतदान हुने भएको हो ।पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन् । डा. शेखर कोइरालाले १७२९ मत ल्याएका छन् । प्रकाशमान सिंहले ३७१ मत पाउँदा विमलेन्द्र निधिले २४९ मत ल्याएर चौथो स्थानमा छन् । २० भोट मात्रै पाएका कल्याण गुरुङ पाँचौ स्थानमा छन् । काँग्रेसको विधानअनुसार अब दोस्रो चरणमा बढी मत प्राप्त गर्ने देउवा र कोइरालाबीचमात्र प्रतिस्पर्धा हुनेछ । बाँकी उम्मेदवारले कसलाई समर्थन गर्छन्, उसैले सभापति जित्ने पक्का छ ।पहिलो चरणको मत परिणामबाट कोइराला समूह उत्साहित देखिएको छ ।