देउवाप्रति कठोर बन्दै कोइराला समूह

काठमाडौं ।  निर्वाचन आयोगमा पार्टीको तर्फबाट पेस गरेको समानुपातिक बन्द सूची नसच्याए अर्को विकल्पका लागि तयार रहन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संस्थापनइतर समूूहका नेताहरूले चेतावनी दिएका छन् । ‘समान अवसर र न्यायका निम्ति’ शनिबार काठमाडौंको नयाँ वानेश्वरमा खबरदारीसभा गरेका डा. शेखर कोइराला समूहका नेताहरूले सभापति देउवाले कार्यशैली नसच्याए अर्को विकल्प खोज्ने चेतावनी दिएका हुन् […]

सम्बन्धित सामग्री

सार्वभौम सत्ताका पक्षमा उभिएलान् नेताहरू यो चुनावमा?

खुल्लमखुला लेनदेनको राजनीतिले चुनावी प्रक्रियामा निर्वाचनपूर्वको राजनीतिक समीकरणको खाका कोर्न थालेको छ। कांग्रेसभित्र शेखर कोइराला समूह समानुपातिकमा ३५ प्रतिशतको हैसियत प्राप्त गर्न सफल भएपछि प्रत्यक्षतर्फ कमसेकम ४० प्रतिशत उम्मेदवार आफ्ना हुनुपर्ने अडानमा छ। नेपाली कांग्रेस सिद्धान्त, आदर्श र विकेन्द्रीकृत सांगठनिक चरित्रको पार्टी हैन र त्यहाँ निजी वफादारीका आधारमा नेताले टिकट वितरण गर्छन् भन्ने कुराको प्रमाण […]

वार कि पारको अवस्थामा शेखर समूह

नेपाली कांग्रेस पार्टी नेतृत्वको मनोमानीबिरुद्ध शेखर कोइराला समूह वार कि पारको स्थितिमा पुगेको छ । समानुपातिक निर्वाचनका लागि सूचीमा व्यापक असन्तुष्ट कोइराला समूह आन्दोलन गर्ने निर्णयमा पुगेको छ । सोमबार ठमेलमा बसेको शेखर समूहका नेताहरुको बैठकले समानुपातिकको बन्दसूची सच्याउन नेतृत्वलाई दबाव दिन भन्दै आन्दोलन घोषणा गरेको हो । पार्टी सभापति शेरबहादुर देउवामाथि निरन्तर दबाव दिइरहेको …

सरकारको काममा प्रश्न उठाउँदै कोइराला समूह

सत्तारुढ दल नेपाली कांगेसको शेखर कोइराला पक्षले सोमबारबाट सुरु हुने पार्टी केन्द्रीय समिति बैठकमा सरकारको कामकारबाहीबारे गम्भिर समीक्षा गर्ने एजेन्डा तय गरेको छ । आइतबार काठमाडौंको विशालनगरमा बसेको नेता कोइराला पक्षको बैठकले भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै पार्टी नेतृत्वको सरकारको काम कारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको हो ।पार्टी नेतृत्वको सरकारमाथि भ्रष्टाचारको आरोप […]

पदाधिकारी बैठकअघि शेखर कोइराला समूह छुट्टै छलफलमा, देउवा बैठकमा नजाने

काठमाडौं, २६ असार । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । पदाधिकारी बैठक बस्नुअघि शेखर कोइराला समूह छुट्टै छलफलमा बसेकोछ । पछिल्लो समय कोइराला समूहले पार्टी सभापति शेरबहादुर देउवामाथि दबाब बढाउनको लागि लगातार छलफल गरिरहेको छ । पार्टी सभापतिले आफूहरुको मौनतालाई कमजोरीको रुपमा बुझे ठीक नहुने चेतावनी दिँदै आएको कोइराला समूहले आगामी निर्वाचनमा ६०/४० को भागबण्डामा […]

शेखर कोइराला समूहबाट धनुषा कांग्रेस सभापतिमा दिनेश प्रसैलाको उम्मेदवारी

जनकपुरधाम – नेपाली कांग्रेस धनुषाको सभापतिमा संस्थापन इतर समूह (शेखर कोइराला समूह) ले दिनेश प्रसाद प्रसैलालाई उम्मेदवार बनाउने भएको छ । सोमबार जनकपुरधाममा पत्रकार सम्मेलन गरेर कांग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेले प्रसैलाको नाम सभापतिको लागि घोषणा गरेका हुन् । सहमहामन्त्री पाण्डेले जिल्ला अधिवेशनमा आफूहरुले जित्ने बताए । उनले भने, ‘केन्द्रीय अधिवेशनमा इतर पक्षमा ४० प्रतिशत […]

देउवा एकलौटी बढ्ने खोजेको भन्दै कोइराला समूह सशंकित

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकलौटी रुपमा अगाडि बढ्ने खोजेको भन्दै देउवासँग प्रतिस्पर्धा गरेको डा.शेखर कोइराला समूह सशंकित बनेको छ । सभापति निर्वाचित भएपछि प्रमाणपत्र बुझ्दा देउवाले सबैलाई समेटेर अगाडि बढ्ने बताए पनि उनले गरेका नियुक्तिले कोइराला समूह झस्किएको हो । मंगलबार अनुपम फुडल्याण्डमा कोइराला समूहका नेताहरुको अनौपचारिक बैठक बसेर महाधिवेशन र देउवाबारे समीक्षा […]

पहिलो चरणमा देउवालाई ८२ मत पुगेन, कोइराला समूह उत्साहित

नेपाली काँग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा पुनः मतदान हुने भएको हो ।पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन् । डा. शेखर कोइरालाले १७२९ मत ल्याएका छन् । प्रकाशमान सिंहले ३७१ मत पाउँदा विमलेन्द्र निधिले २४९ मत ल्याएर चौथो स्थानमा छन् । २० भोट मात्रै पाएका कल्याण गुरुङ पाँचौ स्थानमा छन् । काँग्रेसको विधानअनुसार अब दोस्रो चरणमा बढी मत प्राप्त गर्ने देउवा र कोइरालाबीचमात्र प्रतिस्पर्धा हुनेछ । बाँकी उम्मेदवारले कसलाई समर्थन गर्छन्, उसैले सभापति जित्ने पक्का छ ।पहिलो चरणको मत परिणामबाट कोइराला समूह उत्साहित देखिएको छ ।