पदाधिकारी बैठकअघि शेखर कोइराला समूह छुट्टै छलफलमा, देउवा बैठकमा नजाने

काठमाडौं, २६ असार । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । पदाधिकारी बैठक बस्नुअघि शेखर कोइराला समूह छुट्टै छलफलमा बसेकोछ । पछिल्लो समय कोइराला समूहले पार्टी सभापति शेरबहादुर देउवामाथि दबाब बढाउनको लागि लगातार छलफल गरिरहेको छ । पार्टी सभापतिले आफूहरुको मौनतालाई कमजोरीको रुपमा बुझे ठीक नहुने चेतावनी दिँदै आएको कोइराला समूहले आगामी निर्वाचनमा ६०/४० को भागबण्डामा […]

सम्बन्धित सामग्री

सार्वभौम सत्ताका पक्षमा उभिएलान् नेताहरू यो चुनावमा?

खुल्लमखुला लेनदेनको राजनीतिले चुनावी प्रक्रियामा निर्वाचनपूर्वको राजनीतिक समीकरणको खाका कोर्न थालेको छ। कांग्रेसभित्र शेखर कोइराला समूह समानुपातिकमा ३५ प्रतिशतको हैसियत प्राप्त गर्न सफल भएपछि प्रत्यक्षतर्फ कमसेकम ४० प्रतिशत उम्मेदवार आफ्ना हुनुपर्ने अडानमा छ। नेपाली कांग्रेस सिद्धान्त, आदर्श र विकेन्द्रीकृत सांगठनिक चरित्रको पार्टी हैन र त्यहाँ निजी वफादारीका आधारमा नेताले टिकट वितरण गर्छन् भन्ने कुराको प्रमाण […]

कांग्रेस संस्थापनइतर सानेपामा धर्ना बस्दै

काठमाडौं : नेपाली कांग्रेसमा समानुपातिक सूचीमा असन्तुष्टि जनाउँदै आएको डा शेखर कोइराला समूह पार्टी कार्यालयमा धर्नामा बस्दैछ। बुधवार दिउँसो १२ बजे डा शेखर पक्षका नेताहरु पार्टी कार्यालय सानेपामा धर्नामा बस्न लागेका हुन्। कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा आफ्नो पक्षको थोरै मात्र नेताहरु परेको उनीहरुको आरोप छ। डा शेखर पक्षले…

वार कि पारको अवस्थामा शेखर समूह

नेपाली कांग्रेस पार्टी नेतृत्वको मनोमानीबिरुद्ध शेखर कोइराला समूह वार कि पारको स्थितिमा पुगेको छ । समानुपातिक निर्वाचनका लागि सूचीमा व्यापक असन्तुष्ट कोइराला समूह आन्दोलन गर्ने निर्णयमा पुगेको छ । सोमबार ठमेलमा बसेको शेखर समूहका नेताहरुको बैठकले समानुपातिकको बन्दसूची सच्याउन नेतृत्वलाई दबाव दिन भन्दै आन्दोलन घोषणा गरेको हो । पार्टी सभापति शेरबहादुर देउवामाथि निरन्तर दबाव दिइरहेको …

शेखर कोइराला समूहको बैठक बस्दै

काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाप्रति शेखर कोइराला समूह असन्तुष्ट बन्दै आएको छ । सो समूहले देउवाले हरेक निर्णय आफूखुसी गरेको आरोप लगाएको छ ।  यसविरुद्ध आफ्नो समूहको रणनीति बनाउन कोइराला समूहको बैठक आज बस्दैछ ।  आज दिउँसो बस्ने बैठकमा कोइरालाले आफू निकटका पदाधिकारी, नेता तथा केन्द्रीय सदस्यहरूलाई बोलाएको एक नेताले बताए । सभापति देउवाले […]

देउवाले निरन्तर पेलेको भन्दै शेखर समूहले बोलायो बैठक

काँग्रेस सभापति शेरबहादुर देउवाले आफूहरुलाई पेलेको तथा पार्टीभित्र कुनै सरसल्लाह नगरिकनै अघि बढेको भन्दै शेखर कोइराला समूह असन्तुष्ट बनेको छ । सो समूहले देउवाले हरेक निर्णय आफूखुसी गरेको आरोप लगाएको छ । यसविरुद्ध आफ्नो समूहको रणनीति बनाउन नेता कोइरालाले शनिबारका लागि आफूपक्षीय बैठक बोलाएका छन् । शनिबार दिउँसो बस्ने बैठकमा आफू निकटका पदाधिकारी, नेता तथा केन्द्रीय सदस्यहरुलाई बोलाइएको एक नेताले बताए । सभापति देउवाले ५ वटा भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा कोइराला समूहलाई समेटिएको छैन । यस्तै

शेरबहादुर देउवाविरुद्ध नाराबाजी

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपा परिसरमा सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ । नेविसंघ र नेपाल तरुण दलको अध्यक्ष मनोनयनलाई लिएर डा. शेखर कोइराला समूह निकट विद्यार्थीहरुले नाराबाजी गरेका हुन् । प्रधानमन्त्री समेत रहेका सभापति देउवा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपा पुग्दै छन् । त्यही बेला पार्टी कार्यालय प्रवेश गर्ने सडक छेउमा […]

सत्ता गठबन्धनमा एकअर्कालाई गलाउने रणनीति

सत्तारुढ गठबन्धनभित्र आसन्न चुनावी तालमेलबारे एकअर्कालाई गराउने उद्देश्यका साथ राजनीति चलिरहेको छ । चुनावी तालमेलका विषयमा सरकारको नेतृत्वकर्ता नेपाली काँग्रेसको एउटा तप्का र नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसमेत एकअर्कालाई गराउने गरी रणनैतिक रुपमा राजनीतिमा उत्रिएका हुन् ।काँग्रेसको शेखर कोइराला समूह सत्ता गठबन्धनलाई चुनावमा डोर्‍याउन नहुने पक्षमा उभिएको छ । यता प्रमुख सत्ता साझेदार माओवादी र एकीकृत समाजवादीले काँग्रेससहितको गठबन्धनका साथ चुनावमा जाने रुचि देखाएको अवस्था छ ।

शेखर कोइराला समूहबाट धनुषा कांग्रेस सभापतिमा दिनेश प्रसैलाको उम्मेदवारी

जनकपुरधाम – नेपाली कांग्रेस धनुषाको सभापतिमा संस्थापन इतर समूह (शेखर कोइराला समूह) ले दिनेश प्रसाद प्रसैलालाई उम्मेदवार बनाउने भएको छ । सोमबार जनकपुरधाममा पत्रकार सम्मेलन गरेर कांग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेले प्रसैलाको नाम सभापतिको लागि घोषणा गरेका हुन् । सहमहामन्त्री पाण्डेले जिल्ला अधिवेशनमा आफूहरुले जित्ने बताए । उनले भने, ‘केन्द्रीय अधिवेशनमा इतर पक्षमा ४० प्रतिशत […]